www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा महाशाखालाई अटेर गर्दै लेखनाथकाे शिलशिला इङ्गलिस स्कुल

पोखरा
ताण्डव न्यूज । 

पोखरा लेखनाथ महानगरपालिका–३१, मोहरिया नहरचोकमा अवस्थित शिलशिला इङ्गलिस स्कुलले अटेर गर्दै विना अनुमती विद्यालय संचालन गरेको छ । पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत शिक्षा महाशाखाले स्थानान्तरण पत्र नलिई कक्षा संचालन नगर्न भनेपनि शिलशिलाले अटेर गरेर कक्षा संचालन गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका घाचोकमा भएको हिमालय बोर्डिङ स्कुललाई रोशन कोइरालाले किनेर नाम परिवर्तन गरी शिलशिला इङ्गलिस स्कुल राखेका हुन् । उनले स्कुल किनेर नाम परिवर्तन गरेपनि स्थानान्तरण नगरी विद्यार्थी भर्ना गरी पढनपाठन गरिरहेका छन् ।

Batas

महानगरको शिक्षा महाशाखाका प्रमुख केदार आचार्यले शिलशिलाले कक्षा संचालन नगरेको भन्दै बचाउ गरे ।

‘हिजो हामी अनुगमन गर्न जादा पढाई भएको थिएन्,’ उनले भने, ‘हिजो ३ बजे गएका थियौ, भवन मात्र थियो । पढाई भएको थिएन ।’

तर आज दिउँसो ३ बजे ताण्डव न्यूजको टोली त्यहाँ पुग्दा पढाई भई रहेको थियो ।

उक्त स्कुललाई प्रक्रिया पूरा नगरी विद्यार्थी भर्ना तथा पढनपाठन नगर्न निर्देशन समेत दिएको भनेपनि शिक्षा महाशाखा प्रमुख आचार्यले अनुगमन गर्दा किन शिलशिलालाई जोगाए भन्ने शंका उब्जनी भएको छ ।

संचालक कोइरालाले प्रक्रियामा अघि बढेको हुनाले कक्षा संचालन गरेको बताए । ‘हामी प्रक्रियामा छौ,’ उनले भने, ‘अब एक दुई दिनमा पत्र आउछ ।’

 

यो पनि पढ्नुहोस्

शिक्षा महाशाखाले लेखनाथको ‘शिलशिला इङ्गलीस स्कुल’लाई लगायो रोक

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.