
काठमाडौँ (रासस)
पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताको विषयमा विभिन्न खालका टीका÷टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ । पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने जनाएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।