
विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।
एसएलसी परीक्षामा उर्तीण भए पछि उच्च शिक्षा अध्ययन गर्ने अभिलाषाले नानु गुरुङ (२३), पाँच वर्ष अघि पोखरा आइन् ।
धादिङ, लापा गाउँपालिका–७, मा खाईखेली हुर्केकी गुरुङकी छोरी पोखरा झर्दै गर्दा मोडलिङको करिअर सुरुवात हुँदै छ भन्ने हेक्का नै भएन ।

राष्ट्रिय मावि, टँुडिखेल पोखरामा प्लस टु पढ्ने क्रममा ‘मिस गण्डकी सिजन–१’ २०१५ को लागि आवेदन माग नानुले छापामा देखिन । यस भन्दा अघि मोडलिङ र फेसनसँग सम्बन्धी कुनै प्रतियोगितामा सहभागि नभएकी नानुलाई आफ्नै आत्मबलका कारण मिस गण्डकीको सिजन १ का लागि सहभागि हुन प्रेरित गरायो ।
जीवनकै पहिलो प्रतियोगितामा भाग लिदै गर्दा थुप्रै प्रतिस्पर्धीहरुलाई उछिन्दै नानुले उक्त प्रतियोगिताबाट ‘मोस्ट डिसिपिलिन’ टाइटल हात पार्न सफल भइन् ।
अभिनय भनेको कला हो । कलाले मानिसलाई निर्खाछ र कला मानव जीवनको चित्रण भएकोले कला मार्फत नै समाज र व्यक्तिको धारणा बुझ्न सकेको नानुको अनुभव छ ।
हाल महेन्द्र बहुमुखी क्याम्पस पोखरामा स्नातक दोस्रो वर्षमा समाजशास्त्र विषयमा अध्ययनरत नानुले मोडलिङको करिअर सुरुवात गर्नुमा ‘मिस गण्डकी सिजन १’को प्रतियोगिताले आत्मविश्वास बढाएकै हुनाले पनि सहज भएको बताउँछिन् ।
तीन वर्ष पहिले पहिलो पटक ‘रातो सारी रातो चोली’ नामक गीतबाट मोडलिङमा क्यामेरा फेस गरेकी नानुले अहिलेको समयसम्म आइपुग्दा चर्चित गीतहरुमा समेत छाइसकेकी छन् । ‘म मरेको त्यो रात, पिउँदा पिउँदै जीवन रित्यो, भन् सरकार धरहरा खोई, नाचु उफ्री उफ्री तीज गीत, आयो आयो दशैं र तिहार, कलेजी फाटेर’ लगायत एक दर्जन आधुनिक एवं लोक गीतहरुमा अभिनय गरिसकेकी छन् ।
हालै मात्र छायांकन सकिएको जलजला परियारको स्वरमा सजिएको ‘कोमल यो मुटु’ नामक गीत बजारमा आउने तयारीमा रहेको नानुले सुनाइन् । अभिनय भनेको कला हो ।
कलाले मानिसलाई निर्खाछ र कला मानव जीवनको चित्रण भएकोले कला मार्फत नै समाज र व्यक्तिको धारणा बुझ्न सकेको नानुको अनुभव छ ।
बुबा गोरे र आमा देउमाया गुरुङको पूर्णरुपमा साथ पाएकी नानुले मध्यम परिवारकी छोरी भएर पनि मोडलिङमा जमेर लाग्न पाएकोमा परिवारलाई श्रेय दिन चाहन्छिन् । ‘म मिस गण्डकीको लागि तयारी गर्दै थिए,’ उनी भन्छिन्, ‘म पोखरा आएर पढ्दा नै खर्च त ठूलो थियो । तर बुबा आमाले मेरो भविष्य बनाउनकै लागि उदार भएर आर्थिक जोहो गर्दिनु भयो । तयारी पनि सोही किसिमले गर्न पाएँ ।’
त्यसपछिका दिनहरुमा सम्भवतै फर्किएर आफ्नो करिअरलाई हेर्नु परेन नानुले । इच्छा र चाहनाले चुलि टेक्दै गएपछि सफलता निश्चित थियो । पोखरा र आसपासका भेगहरुलाई समेटेर भाषिक चलचित्र निर्माणहरु भइरहन्छन् ।
अभिनयमा खारिदै गएकी नानुलाई फिल्ममा अभिनय गर्ने सोच बनाएको हुनुहुन्छ होला नी भनी प्रश्न गर्दा उनी केही खुल्दै भन्छिन्, ‘केही समय अघि गुरुङ भाषामा निर्माण हुन लागेको चलचित्रमा अभिनयको लागि प्रस्ताव आएको थियो,’ उनले भनिन्, ‘अध्ययनलाई पनि करियरसँगै लैजानु पर्ने बाध्यताले गर्दा समय मिलेन् ।’
गीतसंगीतका म्युजिक भिडियोहरुमा मात्रै अभिनय गरिरहेकी नानुले समयअनुकुल हेरेर फिल्ममा समेत काम गर्ने इच्छा व्यक्त गरिन् । मोडलिङ करिअर सुरुवात गर्दै गर्दा उति साह्रो संघर्ष नै गरे जस्तो महशुस नभएको नानु बताउँछिन् ।
‘म पहिलो गीत देखि नै एउटै टिमसँग काम गरिरहेकी छुँ,’ उनने भनिन्, ‘आफूसँग काम गर्ने प्रोडक्सन कस्तो किसिमको छ ।
कुन हिसाबले बजारमा चलिरहेको छ बुझ्नु पर्छ ।’ यदि होल इन्टायर टिम नै जाँगरिलो र क्रियटिभ भयो भने प्रिजेन्टेसन पनि उत्कृष्ट बन्ने उनी बताउँछिन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.