www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण ८ र ९मा पुर्णखोपको निरन्तरता

पोखरा
ताण्डव न्यूज ।

अन्नपुर्ण गाउँपालिका (साविक दाङसिङ गाविस) वडा ८ र ९मा पुर्णखोपको अवस्थालाई निरन्तरता दिइएको छ । १६ देखि २३ महिनाको बालकालिकाको तथ्याङ्क संकलनको आधारमा पुर्णखोपको अवस्थालाई निरन्तरता दिइएको हो ।

दाङ्गसिङ स्वास्थ्य चौकी व्यवस्थापन समिति एवं वडा ८का अध्यक्ष विजय गुरुङले पुर्णखोपको निरन्तरता रहेको घोषणा गरे ।
कार्यक्रमका प्रमुख अतिथि वडा ८का सचिव राजन तिमील्सिनाले शुभकामना मन्त्ब्य राखे ।

Batas

सो अवसरमा उत्कृष्ट कार्यसम्पादनको आधारमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई पुरस्कृत गरिएको थियो ।

यस्तै, दाङ्गसिङ स्वास्थ्य चौकीमा मंगलबार विद्यालय स्वास्थ्य प्रवर्धन तथा शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

विरेठाँटी मावि, उमा मावि र भगवति माविका ३० विद्यार्थी र शिक्षकलाई प्रजनन् स्वास्थ्य र प्रभावका विषयमा स्वास्थ्य चौकी इन्चार्ज सन्देश घिमिरेले सहजीकरण गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.