लेखनाथ ।
वेगनास युवा क्लवको आयोजनामा गत माघ २० गते देखि सुरु भएको साप्ताहिक बृहत वेगनास सरसफाई अभियानलाई यो हप्ता ग्लोबल आईएमई बैंकले साथ दिएको छ।
अभियानको १०० औं दिन पुगेको अवसरमा क्लबले गरेको नितान्त सामाजिक काममा सहभागी हुन पाउनु निकै गर्वको कुरा रहेको बेगनास शाखा प्रवन्धक सुरेश ओलिले बताए । आगामी दिनमा पनि क्लवले गरेका काम हरुमा साथ र सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

वेगनासताल युवा क्लव देखि वसपार्क, नहरचोक ड्याम साईड, मन्धरेपार्क हुँदै क्लव भवनसम्म सरसफाई गरिएको थियो। ग्लोबल आईएमई बैंक वेगनास शाखासंगै न्युरोड शाखा, अमरसिह शाखा, सभागृह शाखाको तर्फबाट कर्मचारीहरु, बेगनास युवा क्लवका युवाहरु तथा स्थानीयहरुको वाक्लो सहभागीता रहेको थियो।
सरसफाई अभियानका अभियन्ता तथा बेगनास युवा क्लब अध्यक्ष राम रानाभाटले बैंकलाई धन्यवाद दिदैं सबैको सहयोगले मात्रै सरसफाई अभियान सफल हुने बताए । त्यस्तै युवा संचारकर्मी सचिन रानाभाटले अभियानको समयमा मात्रै नभै सधैं सफाई राख्छु भन्ने प्रतिवद्दता जनाउन अनुरोध गरे ।
कार्यक्रममा वडा नं ३१ वडाध्यक्ष कमल बहादुर थापा, ईलाका प्रहरी कार्यालय डाडाकोनाकका डिएसपि गोविन्द पुरी, होटेल तथा रेस्टुरेन्ट लेखनाथ अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, वेगनास महिला समुहकी अध्यक्ष दुर्गा अधिकारी, जलेश्वर मन्दिरका बिष्णु तिवारी लगायतको उपस्थिति रहेको थियो।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.