पोखरा (रासस)
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन् ।
कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पारे ।

मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिए ।
उनका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो । वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् ।
संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उहाँले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.