www.tandavnews.com
Fact ~ In search of truth

कुमार र शर्मिलाको ‘नौमतीको धुन’ सार्वजानिक

पोखरा,
ताण्डव न्यूज

मौलिक स्वरका धनी कुमार पुन र सुमधुर स्वरकी धनी गायिका शर्मिला गुरुङको पञ्चेबाजाको गीत ‘नौमतीको धुन’ को भिडियो सार्वजाकि गरिएको छ । भिडियोलाई गायक कुमार पुनको आधिकारित युटुव च्यानलबाट सार्वजानिक गरिएको हो । गीतलाई बरिष्ठ सर्जक रमेश विजीले संकलन गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा कल्याण राना र दिलाशा गुरुङले अभिनय गरेका छन् । भिडियोलाई राजेश घिमिरेले खिचेका छन् भने विष्णु शर्माले सम्पादन रहेको छ । साइभिजन प्रालिले भिडियोलाई निर्माण गरेको छ ।

Batas

गीतमा भनिएको छ, ‘नौमतिको धुन शिर देखि पाउं सम्म पांचै तोला सुन धपधपि वलेकि छिन घुम्टो भित्र जुन ।’

गीतको भिडियो गुरुङ, मगर संस्कृतिको विवाहलाई केन्द्रीत गरेर उतारिएको छ । जेठ ६ गते सार्वजानिक गरिएको गीतको भिडियोको प्रतिक्रिया अत्यान्त राम्रो आएको गायक पुनले ताण्डव न्यूजलाई सुनाए ।

पुनको केही हप्ताअघि मौलिक गीत ‘माकुरी’ बजारमा आएको थियो । गायिका शर्मिला गुरुङ र गायक पुनले यसअघि रमेश विजीको संकलनमा ‘हैन अरुको’ बोलको गीत गाएको थिए ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.