www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल फार्मेसीमा चरम हिनामिना, ४ कर्मचारी निष्कासन

पोखरा
ताण्डव न्यूज ।

पोखराकै प्रतिष्ठित नीजि स्वास्थ्य सेवा प्रदायक मनिपाल शिक्षण अस्पतालमा कार्यरत ४ जना कर्मचारीलाई सोमबार जागिरबाट निष्कासन गरिएको छ ।

अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहरा, निलकण्ठ भट्टराई, टेकबहादुर विक, लेखाका अल्पना ठाकुरलाई अस्पतालको फार्मेसीमा हिनामीना गरेको आरोपमा कारवाही स्वरुप प्रशासनले जागिरबाट निष्कासन गरेको हो ।

Batas

निष्काशित ४ जनाले अस्पतालको फार्मेसीमा आफ्नै नाममा दर्ता रहेको एन.आर.टी. सर्जिकल्स कम्पनी मार्फत औषधी तथा सर्जिकल सामग्रीहरु उपलब्ध गराउँदै आएका छन् ।

सोही अस्पतालमा काम गर्ने कर्मचारीको कम्पनी मार्फत औषधी खरिद गर्दा अन्य अस्पतालको भन्दा विभिन्न औषधीहरुमा दोब्बर मूल्य राखी सप्लाई गर्दै आएको पाइएको छ ।

अस्पताल प्रशासनलाई पटक पटक सेवाग्राहीले औषधी र सर्जिकल उपकरणहरुको मूल्यमा चर्को मूल्य रहेको भनि गुनासो गरेपछि अस्पताल प्रशासनले छानवीन समिति नै गठन गरेको थियो ।

छानवीन समितिले विभिन्न चरणमा छानवीन सकेपश्चात अन्ततः एन.आर.टी. सर्जिकल्स कम्पनीका सञ्चालकहरु एवं फार्मेसीमै कार्यरत तीनै कर्मचारी दोषी पाइए पछि कारवाही गरिएको हो ।

कारवाहीमा परि निष्कासन भएका मध्येका एक कर्मचारी रमेश बोहराले आफूहरुलाई अस्पताल प्रशासनले प्रतिशोष साध्न निष्काशन गरेको बताए । ‘हामी कुनै पनि हस्ताक्षर गर्ने पदमा छैनौं,’ उनले भने, ‘हिनामीना गरेको भनी झुटो आरोपमा आज पत्र थमाइएको छ ।’

कार्यकारी भूमिकामा नभएको व्यक्तिले कसरी हिनामीना गर्न सक्ने बताउँदै बोहराले भोली देखि नै अस्पताल प्रशासन विरुद्ध आन्दोलनमा उत्रने बताए ।

‘हामीलाई जुन आरोप लगाएर निकालिएको छ, हामी पीडित भएका छौं,’ उनले भने, ‘विभिन्न अन्य कर्मचारी संघसँग छलफल गरी भोली देखि नै इमरजेन्सी सेवा समेत ठप्प पार्ने गरी आन्दोलनमा उत्रिने छौं ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.