पोखरा
ताण्डव न्यूज ।
नायिका योरुना पुन नेहा र कास्की काँग्रेसका नेता बादल हत्या काण्डको मुद्दा पार लागेको छ । करिब ३ बर्षपछि फैसला भएको यि दुई मुद्दामा कास्की प्रहरीले पक्राउ गरेका अभियुक्तहरु दोषी ठहर भए ।
तत्कालिन समयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी हरिबहादुर पालले गरेको कुशल अनुसन्धानको परिणाम देखिएको एक प्रहरी अधिकृतले बताए ।


‘त्यो बेला दुवै घटनामा संलग्न अभियुक्तलाई पाल साबकै पालामा पक्राउ गरेर कानुनी दायरमा ल्याइएको थियो,’ अधिकृतले भने, ‘अझ बादल हत्या काण्डमा संलग्न युवाहरुलाई भारतबाट झिकाउने प्लानिङ पनि उहाँकै थियो । जुन प्लानिङले काम गरेको हुनाले ६ जना मध्ये ४ जना पक्राउ परेका थिए ।’
२०७२ सालमा काँग्रेस नेता बादलको हत्यामा संलग्न ६ जनालाई एसपी पालकै कमाण्डमा समातिएको थियो । यही जेठ ६ गते आइतबार कास्की जिल्ला अदालतले बादलको हत्यामा संलग्न ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला न्यायधीस उमेश लुइँटेलको इजालासले हत्यामा संलग्न प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाट, सन्दिप गुरुङ, रविन केसी र अशोक गुरुङलाई जन्मकैदको सजाय सुनाइएको हो । त्यसैगरी घटनामा संलग्न ६ जना मतियारालाई १ बर्ष कैद सजाय भएको छ ।
पालकै पालामा भएको नेहा हत्या काण्डको अनुसन्धान पनि उत्कृष्ट सावित रह्यो । २०७२ माघ १८ गते राति भएको नेहा हत्यामा संलग्न अभियुक्त सतीश भन्ने किर्तन खड्गीलाई पनि पालकै कमाण्डमा पक्राउ गरिएको हो । सतीशलेनै हत्या गरेको भन्ने आधार प्रमाण जुटाएको कास्की प्रहरीले त्यस बेला गरेको अनुसन्धान सफल भएको मानिन्छ ।

त्यही आधार प्रमाणकै कारण यही वैशाख १६ गते हत्यामा संलग्न सतीशलाई जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
जिल्ला न्यायधीश रमानाथ पौड्यालको इजलासले सतिशलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र बलात्कारमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । जस अनुसार सतिशले २५ बर्ष जेल जीवन बिताउनु पर्छ ।
तत्कालिन समयमा घटना भएकै भोली पल्ट कास्की प्रहरीले सतिशलाई पक्राउ गर्न सफल भएको थियो ।
यि दुई फैसलाको बारेमा तत्कालिन एसपी तथा हाल एसएसपी पालले ताण्डव न्यूजसँग फोन मार्फत खुशी व्यक्ति गरे । ‘हुन त हाम्रो कामनै हो अपराधीलाई कानुनी दायरामा ल्याउने,’ पालले भने, ‘हाम्रो परिश्रम खेर गएन् । प्रमाणको आधारमा हामीले पक्राउ गरेका अभियुक्तनै दोषी ठहर भएका छन् ।
त्यस बेला प्रहरीले के गरेको होला भन्ने टिकाटिप्पणी उठ्नु स्वभाविकै थियो तर परिणाम सही निक्लियो ।’
ताण्डव फलोअप
नेता बालदको हत्यामा संलग्न ६ जनालाई जन्मकैद
नेहा हत्या काण्डको फैसला, सतीश दोषी ठहर
अदालतमा अल्झिएका वादल र नेहा हत्या काण्ड (घटना क्रम सहित)
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.