www.tandavnews.com
Fact ~ In search of truth

दिल्लीकाे दिल जितेर स्वदेश फर्किए सन्दीप लामिछाने

काठमाडौं ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सहभागि भएका नेपाली खेलाडी सन्दीप लामिछाने स्वदेश फिर्ता भएका छन् ।

स्वदेश  फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्दीपलाई भव्य स्वागत गरिएको छ । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले आईपीएलमा आफूले सिकेको कुरा नेपाली क्रिकेटमा लागू गर्ने बताए ।

Batas

आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट ३ खेलमा १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिएका थिए ।

पहिलो र दोस्रो खेलमा १–१ विकेट लिएका सन्दीपले अन्तिम खेलमा ३ विकेट लिन सफल भएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.