www.tandavnews.com
Fact ~ In search of truth

विद्यालयको जग्गा योग प्रशिक्षणलाई नदिने निर्णय

पोखरा,
ताण्डव न्यूज ।

पोखरा–लेखनाथ महानगरपालिका १८ मा रहेको रत्न आधारभूत विद्यालयको जग्गा ओम शान्ती ब्रह्मकुमारी विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रलाई नदिने निर्णय भएको छ ।

बुधबार वडा १८ का अध्यक्ष रणबहादुर थापाको नेतृत्वमा बसेको भेलाले धार्मिक क्षेत्रलाई जग्गा प्रदान नगर्ने निर्णय गरेको हो । प्रत्यक्ष रुपमा जनतालाई फाइदा पुग्ने संस्थालाई मात्र जग्गा उपलब्ध गराइने भेलाले अनुमोदन गरेको छ ।

Batas

भेलामा राजनीतिक दल, आमा समूह, सामाजिक कार्यकर्ता, टोल विकास समितिको उपस्थितिले उक्त निर्णय गरेको हो ।

योग सिविरमात्र गराउने भनिएपनि स्थानीयले दिन नमानेपछि अव उक्त जग्गामा शैक्षिक संस्था नभए अस्पताल, कृषि उद्यान, प्राविधिक विद्यालयलाई दिइने सौर्यखोला टोल विकास समितिका अध्यक्ष प्रजापति अधिकारीले बताए ।

स्थानीयबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको वडा नं १८ का अध्यक्ष रणवहादुर थापाले जानकारी दिए ।

१३८ रोपनी जग्गामा फैलिएको रत्न आधारभूत विद्यालय जग्गामा विद्यार्थी कम हुँदा खारेज गरिएको थियो ।

याे पनि पढ्नुहाेस्

रत्न आधारभूत विद्यालयको जग्गामा चलखेल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.