www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा हाजिर भए डिआईजी बोहरा

पोखरा
ताण्डव न्यूज ।

चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराको जिम्मा सम्हाल्न प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान सिंह बोहरा आज बिहीबार हाजिर भएका छन् ।

यता संघीय प्रहरी इकाई गण्डकीमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरी भने बुधबार आएर आफ्नो जिम्मा सम्हालेका हुन् ।

Batas

डिआईजी बोहरा र एसएसपी चौधरीलाई गृह मन्त्रालयले जेठ ३ गते बढुवा सूचीमा पारेको थियो भने भोली पल्ट जेठ ४ गते फुली थपेका थिए।

डिआईजी बोहरा संघीय प्रहरी एकाई कार्यालय सेतीबाट पोखरा आए भने एसएसपी चौधरी महानगरीय प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रानी पोखरीबाट सरुवा भएर आएका हुन् ।

चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा चैत्र २८ गतेदेखी प्रमुख बिहीन बनेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.