www.tandavnews.com
Fact ~ In search of truth

सर्कुलर नआउँदै वडामा नेकपा (अन्डरलाइन)को कार्यकर्ता भेला

पोखरा
ताण्डव न्यूज ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाईन) गठन भएको निर्णयलाई स्थानीय स्तरबाट स्वागत गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–२७, सयुक्त वाम वडा कमिटीको आयोजनामा शुक्रबार अन्र्तक्रिया एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

Batas

केन्द्र वा जिल्लाबाट कुनै सर्कुलर प्राप्त नभए पनि दुई पार्टीका कार्यकर्ता बीच परिचय गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

विघटित पोले–२७, एमाले वडा कमिटीका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय स्तरबाट कार्यकर्ताको अभियानले शक्तिशाली बन्न सफल भएको नेपाल कम्युनिष्ट पार्टीलाई थप सशक्त बनाउन सबै मजदुर, किसानको सहयोग अपरिहार्य रहेको औल्याए ।

त्यस्तै, विघटित माओवादी केन्द्र पोले–२७, का अध्यक्ष सूर्यमणि लामिछानेले केन्द्र र जिल्लाबाट वडामा सर्कुलर प्राप्त नभएपनि दुई पार्टीका कार्यकर्ता बीचको अन्र्तक्रिया एवं परिचयात्मक कार्यक्रमले वैचारिक समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा सहभागि नव गठित नेकपाका वडास्तरका कार्यकर्ताले केन्द्रको निर्णयलाई निसर्त पालना गरिने बताए ।

जनताले दिएको जनादेश अनुसार शक्तिशाली सम्पन्न सरकारले नागरिकको मर्म अनुसार काम गर्नु पर्ने सहभागिहरुको धारणा थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.