www.tandavnews.com
Fact ~ In search of truth

दलदले मुण्डे सडकखण्ड : भत्कियो करोडौको पिच, मर्मत नभएसम्म रकम होल्ड हुने

माधब भुसाल
नवलपुर, ताण्डव न्यूज । 

सम्पन्न भएको महिना दिन नपुग्दै नवलपुरस्थित दलदले मुण्डे सडकखण्डको पिच भत्किएको छ । दलदलेबाट मुण्डेसम्मको सडक बिस्तार र कालोपत्रे गर्नको लागि लुम्विनी विल्डर्स प्रालिले ठेक्का लिएको थियो ।

Batas

दलदलेबाट मुण्डे र मुण्डेबाट कुमसोतसम्म गरी दुई खण्डमा विभाजन गरी सडक निर्माण कार्य सुरु भएको थियो । मुण्डेबाट कुमसोतसम्म भने सन्तोषी निर्माण सेवाले ठेक्का लिएको थियो ।

१० करोड ६० लाख रुपैयाँको लागतमा सडक बिस्तार र कालोपत्रे गर्ने गरी दुईवटा कम्पनीले ठेक्का लिएका थिए । दलदले देखि कुमसोतसम्मको विस्तार र कालोपत्रे सकिएको निर्माण कम्पनीले जनाएका छन् ।

‘जिल्लाले पैसा रोक्छ’

यस सडकखण्ड नवलपरासी जिल्ला अन्तर्गतको आयोजना हो । निर्माण कार्य सकिएपछि अब छिट्टै नै स्थानिय तहलाई हस्तान्तरणको तयारी हुँदैछ । तर सम्पन्न भएको केहि दिनमै सडक भत्किएको छ । सडकको पिच भत्किएकोबारे आफु जानकार नरहेको जिल्लाका इञ्जीनियर मुक्ती भट्राइले बताए ।

‘केहि दिन भयो त्यता पुगेको छैन । निर्माण चरणमा सबै क्वालिटि चेक गरेर नै पिच गरिएको हो । यदि भत्केको, उप्केको छ भने तत्काल मर्मत गर्न लगाउँछौं । होइन भने हामी पैसा होल्ड गछौं’ उनले भने ।

‘मर्मत हुन्छ’

लुम्विनी विल्डर्सका विष्णु शर्माले भत्किएको कालोपत्रे मर्मत गर्ने जनाएको छ ।

‘अलि अलि त भैहाल्छ नि । हामीले मर्मत गर्छौं । १२ महिना भित्र भत्किएको उप्किएको केही छ भने मर्मत गर्ने सहमति नै छ हाम्रो ’ शर्माले ताण्डव न्यूजसँग भने ।

दलदले, धौवादी, डेढगाउँ, भिमाद खैरहनीहुँदै पोखरा जोड्ने कुल ८२ किलोमिटरको यो सडकखण्ड चार नम्बर प्रदेशको प्रस्तावित राजधानी पोखराबाट भारतीय नाका त्रिवेणी पुग्ने छोटो दूरीको बाटो हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.