www.tandavnews.com
Fact ~ In search of truth

विजयको विकास मोह

म्याग्दी
ताण्डव न्यूज ।

सामान्यतया उमेरले २० बर्ष पुगेका युवालाई कसैले के गर्छौ भनेर सोध्यो भने प्रायले दिने उत्तर हो कलेज जान्छु, पढ्छु ।

कलेज पढ्दै गरेका युवाहरु साथिभाईसँग रमाउने घुम्ने उमेर नै हो । तर यसको अपवाद बन्दै म्याग्दीका एक युवा सानै उमेरमा सामाजिक उत्तरदायित्वलाई वहन गर्दै बिकासे काममा व्यस्त छन् ।

Batas

म्यादी जिल्ला धौलागिरी गाउँपालिकाको विकट गाउँ मुदीका २० बर्षिय विजय घर्तिमगरले सानै उमेरमा आफ्नै नेतृत्वमा गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।

चट्टानी पहाड फोर्दै विकट गाउँसम्म बाटो पु¥याउन सहज थिएन । करिब ९० लाखको बजेटबाट काम सुरु गर्न गाउँमा बैठकनै बस्यो । सडक निर्माण समिति गठन गर्दा पुराना पाका उमेरका समाजसेवीलाई उछिन्दै युवाहरुको साथले विजयले समितिको नेतृत्व गरेका थिए ।

अल्लारे युवाले यति ठूलो रकमलाई व्यबस्थापन गरेर सहजै योजना सम्पन्न होला भन्नेमा धेरैले शंका गरेका थिए । सबैको सोचाई र शंकालाई मेटाउँदै पुरै चट्टानी पहाड फोरेर उनले सडक निर्माणको जिम्मेवारी पुरा गरे ।

सडक ७ सय मिटरको इस्टिमेट भए पनि सोही बजेटमा ७ देखि ११ मिटर सम्म चौडाई रहेको ९ सय मिटरको बाटो करिब ३ महिना लगाएर निर्माण भएको हो ।

‘जिम्मेवारी लिदैँ गर्दा धेरैले प्रश्न गर्नुभएको थियो । काम गर्न पक्कै सहज थिएन,’ विजय भन्छन्,’ ‘धेरैको प्रश्नलाई मैले मुखबाट भन्दा पनि कामबाटै उत्तर दिने तर्फ ध्यान दिए । त्यो पुरा भएको छ ।’

हाल कक्षा १२ को परिक्षा सकाएका बिजय आफू सदैव सामाजिक काममै लागि पर्ने बताउँछन् । विकट गाउँमा जन्मिएर पनि अध्ययनसँगै सामाजिक काममा सक्रिय उनी युवाहरुका लागी उदाहरणिय पात्र बनेका छन् ।

सानै उमेरमा सामाजिक काम प्रति विजयको लगाव प्रशांसा योग्य रहेको गाउँपालिका अध्यक्ष थमसरा पुन बताउँछिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.