www.tandavnews.com
Fact ~ In search of truth

विदेशी शैक्षिक संस्थाहरुप्रतिको मोह

ओली एण्ड एसोसिएट्स अष्ट्रेलियन भिसा एण्ड एजुकेसन सेन्टर सन् २००२ मा अष्ट्रेलिया र नेपालमा एकै पटक स्थापना भई शैक्षिक परामर्शसँगै माइग्रेसन सेवा उपलब्ध गराउँदै आएको संस्था हो ।

अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी उक्त देशका लागि मात्रै सेवा दिँदै आएको ओली एण्ड एसोसिएट्सको अष्ट्रेलियाको सिड्नीमा केन्द्रिय कार्यालय छ भने मेलबर्न, पर्थ, डार्विन, विस्व्रेनमा सम्पर्क कार्यालयहरु छन् ।

नेपालका लागि काठमाडौंमा केन्द्रिय सम्पर्क कार्यालय रहेको एसोसिएट्सको पोखरा लगायत नेपालका मुख्य १५ भन्दा बढी सहरमा शाखा सञ्जाल विस्तार गरिरहेको छ ।

Batas

एसोसिएट्ले प्रदान गरिरहेको शैक्षिक सेवाका बारेमा पोखरा शाखाका ब्रान्च मेनेजर तिलक लामिछानेसँग ताण्डवकर्मीले गरेको कुराकानीको सार :

यहाँको अर्गनाइजेशनले कस्तो सेवा उपलब्ध गराउँदै आइरहेको छ ?

मुख्यतया हामीले वैदेशिक शिक्षामा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने, विद्यार्थी भिसा, डिपेन्टेन्ट भिसा, माइग्रेसन आदि सेवाहरु उपलब्ध गराउँदै आइरहेका छौं ।

वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई कस्तो खालको परामर्श दिँदै आउनु भएको छ ?

अहिलेको समयमा विद्यार्थीहरु शैक्षिक उद्देश्यका लागि विभिन्न देशका विश्वविद्यालयहरुमा जाने कुरा नौलो रहेन । विद्यार्थीहरुले कलेज र विश्वविद्यालयहरु रोज्दा आफ्नो इच्छा अनुसारको विषय छनौट गर्नु आवश्यक छ ।

साथसाथै डिग्री प्राप्त गरिसकेपछि त्यसको क्षेत्रलाई समेत मूल्याङ्कन गर्नु पर्दछ । विद्यार्थीहरुको इच्छा, विषयको क्षेत्र, शिक्षण शुल्क, गुणस्तर र विदेशी विद्यार्थी अनुकुल वातावरण आदि विषयहरुलाई मध्य नजर गर्दै परामर्श गर्ने गरेका छौं ।

विश्वका कुनकुन देशका कस्ता विश्वविद्यालय र कलेजसँग समन्वय गरेर काम गर्नुभएको छ ?

ओली एण्ड एसोसिएट्स २००२ सालमा अष्ट्रेलिया र नेपालमा एकै पटक स्थापना भइ सेवा उपलब्ध गराउँदै आएको संस्था हो । हामी स्थापना समयदेखि अहिलेसम्म अष्ट्रेलियाको मात्रै काम गर्दै आइरहेका छौं ।

अष्ट्रेलियाको सिड्नीमा केन्द्रिय कार्यालय छ भने मेलबर्न, पर्थ, डार्विन, विस्व्रेनमा सम्पर्क कार्यालयहरु छन् । नेपालमा पनि काठमाडौंमा केन्द्रिय कार्यालय रहेको छ भने पोखरा लगायत विभिन्न ठाउँमा १५ भन्दा बढी शाखा कार्यालयहरु रहेका छन् ।

हामीले अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालयहरु र ४० भन्दा बढी सरकारी तथा निजी कलेजहरुसँग समन्वय गरेर काम गर्दै आइरहेको छौं । विद्यार्थीहरुले खोजेको विषय, लोकेसन, आदि विषयहरुमा उपयुक्त परामर्श दिँदै आइरहेका छौं ।

उल्लिखित शैक्षिक संस्थाहरुमा कस्ता खालका शैक्षिक कार्यक्रम अफर गर्नुभएको छ ?

अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरुले दर्जनौं विषयहरुमा अध्यापन गराउँदै आएका छन् । ती मध्ये नेपाली विद्यार्थीहरुको रोजाइमा नर्सिङ, आइटी, अकाउन्टीङ, बिजनेस, हेल्थ साइन्स, इन्जिनियरिङ, टेसोल, टिचिङ, एच एम आदि पर्दछन् ।

नेपालमा वर्षेनी सयौं विद्यार्थी अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजमा अध्ययनका लागि जाने गर्दछन्, यसरी अध्ययनका लागि विदेशिनु पर्ने बाध्यता छ र ?

विज्ञान प्रविधिको विकाससँगै संसार साँघुरिदै गएको छ । एक देशको मानिस पढाई, रोजगार तथा व्यापारका लागि अर्को देश जानुलाई कुनै अनौठो मान्नु पर्दैन । नेपालको सन्दर्भमा केही हदसम्म बाध्यता पनि छ ।

विद्यार्थीको रोजाइको विषय उपलब्ध छैनन । सँगसँगै विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तर दिन नसक्नु अर्को कारण हुन सक्छ सँगसँगै डिग्री सकिएपछि इच्छा अनुसारको काम र पारिश्रमिक नपाउने हुँदा पनि विद्यार्थीहरुमा विदेशी शैक्षिक संस्थाहरुप्रतिको मोह बढेको हो ।

अष्ट्रेलियाका युनिभर्सिटीमा आवेदन दिन चाहने विद्यार्थीले कस्तो प्रक्रिया पूरा गर्नुपर्दछ ?

प्रक्रियाको विषयमा अरु देशहरुभन्दा अष्ट्रेलियामा अली बढी कडाई गरिएको छ । विद्यार्थीहरुको भित्री उद्देश्य जे भए पनि बाहिर देखिदा स्पष्ट पढ्ने र पढाई सकिएपछि नेपाल फर्किने उद्देश्य लिएको हुनुपर्दछ ।

सर्वप्रथम विद्यार्थीले आइइएलटिएस परिक्षामा राम्रो अंक प्राप्त गर्नु पर्दछ । त्यससँगै विद्यार्थीहरुले अघिल्लो तहमा राम्रो अंक ल्याएर उतीर्ण भएको हुनुपर्दछ । यदि विद्यार्थी अण्डर ग्रायजुएट गर्न जाने हो भने १०+२ मा उसको लगभग ६० प्रतिशत अंक आएको हुनुपर्दछ । अर्को पक्ष भनेको फाइनान्सीयल डकुमेन्ट हो ।

अष्ट्रेलियाको हकमा आफूसँग पूरा पैसा नभए युनिभर्सिटि र कलेजहरुले तोकेको वित्तिय संस्थाबाट शैक्षिक लोन लिन सकिन्छ । सबै डकुमेन्ट तयार पारिसकेपछि अफरका लागि निवेदन गर्ने हो । उताबाट अफर आएपछि कलेजलाई शिक्षण शुल्क पठाउनु पर्दछ । कलेजको खातामा पैसा जम्मा भएपछि उसले सिओई पठाउँछ ।

सिओई आएपछि भिसाका लागि निवेदन दिनु पर्दछ । भिसाको समय एक हप्तादेखि एक महिनासम्मको हुन्छ । भिसा प्राप्त गरिसकेपछि अष्ट्रेलियाको बसाइका बारे सामान्य जानकारी तथा व्यवस्थापन गरी प्रस्थान गर्न सकिन्छ ।

खासमा कति रकम भयो भने एउटा सामान्य विद्यार्थीले अष्ट्रेलियाको उच्च शिक्षा हासिल गर्ने सक्छ ?

खासमा यति नै रकम चाहिन्छ भनेर भन्न सकिदैन ।

सामान्यतया शिक्षण शुल्क, स्वास्थ्य बिमा लगायत नेपालमा हुने खर्च त्यस्तै टिकट, भिसा, निवेदन, अस्ट्रेलिया लैजाने सामान र डलरको बन्दोवस्ती जस्ता पक्षहरुलाई मध्यनजर गर्दा बाह्रदेखि बीस लाखसम्म लाग्न सक्छ ।

वैदेशिक शिक्षामा जान चाहने विद्यार्थीहरुलाई के सुझाव दिन चाहानुहुन्छ ?

आफ्नो मुलुकबाट बाहिर गएर पढ्न त्यति सजिलो छैन् । समस्याहरुसंगै अनेक अवसरहरु पनि छन् । मात्र अष्ट्रेलिया वा विदेश भनेर हुँदैन ।

कहाँ जाने ? कुन बिषय पढ्ने ? कस्तो संस्था रोज्ने ? र आफूले पढेको विषयको क्षेत्र कस्तो छ ? यी अनेक विषयमा राम्रो ज्ञान प्राप्त गरी मात्र जानु पर्दछ । नत्र भोलि दुख नपाइएला भन्न सकिदैँन ।

विदेश जानु मात्र ठुलो कुरो भएन गइसकेपछि पछुताउनु राम्रो होइन । त्यसैले विद्यार्थीहरुलाई मेरो सुझाव छ की राम्रा शैक्षिक परामर्श संस्थामा गएर सही परामर्श लिन आवश्यक छ । अनुभवी परामर्शदाता र विद्यार्थी स्वयमको गहिरो अध्ययनले मात्र सफल हुन सकिन्छ ।

विशेषतः विद्यार्थी लागि जीवनमा सफल बन्न के गर्नुपर्ला ?

जीवनलाई सफल, परिणाममूखी बनाउने हरेक विद्यार्थीहरुको चाहना हुन्छ । तर कोरा सपनाले मात्र केही हुँदैन ।

गुणस्तरीय शिक्षा, समस्या र चुनौती फेस गर्न सक्ने आत्मबल, अनुशासन जस्ता महत्वपुर्ण पक्षहरु हुन आवश्यक छ । राम्रो ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारीक जीवनमा कार्यान्वयन गर्दा अवश्य नै सफल भईन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.