www.tandavnews.com
Fact ~ In search of truth

महाशिला गाउँपालिकाबाट विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण

फलेवास, पर्वत,  (रासस) ः

महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ ।

महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई प्याडको व्यवस्था गर्न थालिएको जानकारी दिए ।

 त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गाउँपालिकाले गरेको छ । महाशिलामा आठ वटा मावि तहका विद्यालय सञ्चालित छन् । जुनसुकै बेला छात्रा महिनावारी भए पनि तुरुन्तै प्याडको प्रयोग गर्न सक्ने गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बरालले जानकारी दिए ।

यसैबीच पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको आयोजना र गाउँ शिक्षा शाखाको आयोजनामा महिनावारी सरसफाइ दिवस आयोजना गरिएको छ । सो अवसरमा मावि तहका छात्राबीच महिनावारी सरसफाइबारे वक्तृत्वकला प्रतियोगितासमेत गराइएको थियो ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.