पोखरा,
ताण्डव न्यूज
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजानिक गरेको बजेटमा १३ अर्ब २७ करोड रुपैयाँ प्रदेश ४ को भागमा परेको छ ।
यसमा वित्तिय समानीकरणमा ६ अर्ब ७७ करोड र सशर्त अनुदानमा ६ अर्ब ५० करोड छुट्टिएको छ ।

प्रदेशहरुलाई छुट्याएको रकम मध्ये यो सबैभन्दा कम बजेट हो । क्षेत्रफल र जनसंख्याको आकार कम भएकोले सानो आकारको बजेटमा प्रदेश ४ ले चित्त बुझाउनु परेको छ ।
संघीय सरकारले सार्वजानिक गरेको बजेट संघीयतलाई सुदृढ बनाउने उच्च प्राथामिकता राख्दै प्रदेश र स्थानीय तहलाई भौगोलिक, जनसांख्यिक लगायत आधारमा बिनियोजन गरिएको जनाइएको छ ।
खतिवडाले प्रस्तुत बजेटमा पोखरा लेखनाथ महानगरले संघीय सरकारबाट १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
सरकारले प्रदेश र स्थानीय तहलाइृ बित्तिय समानीकरणका लागि १ खर्ब ३५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ वित्तिय समानिकरण अनुदानका लागि विनियोजन गरेको छ ।
खतिवडाले प्रस्तुत गरेको बजेटमा प्रदेश ४ को महत्वपूर्ण योजना कालिगण्डकी करिडर बजेटमा परेको छ । यसको अलावा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, बुढीगण्डकी जलविद्युत आयोजना पनि उल्लेख गरिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.