www.tandavnews.com
Fact ~ In search of truth

गोल्ड डिगर, इन सर्च अफ रिच डम्ब एस

नारीको रुपमा पुरुष फिदा हुने सदियौंबाट चलेको प्राकृतिक चलन हो । नारीको सौन्दर्य र आचरण शब्दमा उर्तान माहिर लेखकलाई नि हम्मे पर्छ ।

२१ औं शताब्दीमा चर्चा कमाएर अगाडी बढेका कयौं उदाहरण छ यो समाजमा । समयानुसार अगाडी बढ्न जान्ने नारीहरु । यस्तै प्रकारका नारीको व्याखा गर्ने जमर्को गरेको छु ।

जन्मिदाँ गरिब जन्मिए भाग्य को गल्ती । ‘मर्दा गरिब भएरै मरे तिम्रो गल्ती’ भन्ने बिल गेट्सको भनाइलाई चरितार्थ गरेर हिड्ने नारीहरुको सन्दर्भमा लेखिएको लेख हो यो ।

Batas

साधारण परिवारमा जन्मेर ग्लामर, मोडलिङ, खेलकुद वा अन्य कुनै पेसा र क्षेत्रबाट सफल भएर नाम कमाए पछि स्तर कायम गर्ने समय चक्रमा चल्दा चल्दै यौन व्यवसायमा डुबेको थाहै पाउँदैनन उनीहरु ।

अझ् माथि पुग्ने चाहनामा उनीहरु शरिर रुपी भर्याङ प्रयोग गर्छन । साधारण परिवारबाट माथि उठेपछि आफू गरिब परिवारबाट आएको भन्ने हिच्किचाउँने । खानपान र मनग्य पैसाको जोह सहित मोजमस्ती गर्न पैसा चाहियो । समाजको बद्लिदो आवश्यकतालाई अगिंकार गर्ने हुटहुटीमा सहज माध्यम देह व्यापार बन्छ । त्यसमा पनि भी आइ पी पाराले ।

यसै प्रसंगमा उनीहरु झगडा भएको बेलामा ‘म सुतेको लाइफ देखेको छस् र बोल्छस् भनेर सती सावित्री बन्न पछि हट्दैनन् ।

मेकअप, ब्रान्डेड लुगा, पकेट खर्च र टाई फाई, राम्रो रेष्टुरेण्टमा चेकिङ, अझ् आजकल त देश विदेश घुमेको फोटोहरु सोसियल साइटमा । सम्पूर्ण खर्च हेर्यो भने महिनाको २–३ लाखले पनि थेग्दैन उनीहरुको ।

नेपालको ग्लामर क्षेत्रमा कसले कति कमाउँछ सायद सबैनै यस विषयमा विज्ञ छन् ।

यिनीहरुको लाइफ भनेको साहित्यकार कृष्ण उदासीको कविता जस्तो लाग्छ मलाई ।

यहाँ के पाइँदैन ।
सबथोक पाइन्छ
बस्, मात्र पैसा चाहिन्छ
बोल्नेले बोलि बेचिदिन्छ,
बुझ्नेले बुझाई बेचिदिन्छ
देख्नेले हेराई र
लेख्नेले लेखाइ बेचिदिन्छ
केही नहुनेले आफ्नो अस्मिता बेचिदिन्छ ।

जब मानिसलाई लक्जरी नसा लाग्छ, तब उनीहरुको मनले भन्छ, ‘सुत्ने २–४ जनासँग त हो नि, खर्च गरेको, लाईफ स्टाइल त दुई चार लाख फलोअर्सले देख्छ नि फेसबुक र इन्स्टाग्राममा ।

अब, यहाँबाट सुरु हुन्छ विलासी जीवन यात्रा कहानी । चिनजानेका नेता, नेताको छोराहरु, उच्च ओहदाको जर्नेल, कर्नेल देखि लिएर ठूला घरानाका व्यापारीहरुसँगको संगत ।

युवतीको आत्मा बललाई मान्नै पर्छ । एक रातको अनैतिक सम्बन्धकै भरमा मान्छे धम्काउँछन् । पछाडी अरुले के भनोस मतलब छैन् । केवल के लगाएको छु, के खाएको छु, कहाँ पुगेको छु, कुन हैसियतको व्यक्तिसँगको सम्पर्कमा छन् । मेरो लिंकको सँग छ भनेर देखाउनसम्म काफी छ । मन मनै कुद्छन् ती इष्र्यालु मनमा ‘सबै मेरो सफलता प्रति डाहा गर्छन् ।’

‘मुखलाई माड छैन् खुट्टालाई घ्यूँ’ भने जस्तो । सुकुम्बासीको बास २६ हजारको हङकङबाट गिफ्ट आएको अत्तरको राग छर्छन् । ३६ हजार पर्ने गुच्चीको चस्मा । ब्रान्डेड लुगा होस् नहोस् ट्याग हाल्दैँ समकक्षीसँग तुलना गरिरहेका हुन्छन् ।

नाटक यहाँसम्म देखिन्छ कि अर्काको घरको फोटो हाल्दै ‘आइ एम एट स्विट् होम’ भन्दै फोटो पोष्ट्याउन कुनै कसर बाँकी रहँदैन् ।

आफ्नो पावर यस्तो व्यक्तिको पहुँचमा छ भनी उच्च ओहँदासँगको फोटो हालेर दम्भ प्रस्तुत गरिरहेका छन् । कुनै बेलामा जो कोहीलाई मान्छे गन्दैनन् र आफूलाई सगरमाथाको चुचुरोमा पुगे सरह ठान्ने स्वभावले ग्रस्त छन् ।

उनीहरुलाई नजिकबाट चिन्नेहरूले सुतेर पैसा कमाउन लागेपछि छरछिमेकी कोही नचाहिने जस्तो गर्छे भन्छन्, त कसैले पैसा कमाएसी समाज चाहिन्न जस्तो गर्छे भन्छन् ।

बर्षको दुई तीन पटक विदेश सयर । जहाँ उनीहरुको स्पोन्सर विजनेस म्यान या गुन्डा ग्राहक नै हुन्छन् । जुन ठाउँमा जान्छन् त्यहाँको ठुलो व्यक्ति, पैसावालालाई हरहालतमा भेट्न पुग्छन् । अर्थात् एउटाको स्पोन्सरमा धाएर अन्यसँग कनेक्सन बनाउन भ्याई सक्छन् ।

पहुँच र शैलीको कुरा गर्दा आफ्नो आफन्त दाजुभाईहरु नै उसकै स्वार्थका खातिर हैसियत बनाउनुपर्ने बाध्यता छ । राम्रो खानदान धनी परिवारको हुँ भन्ने देखाउन परिवारका सदस्य र दाजुभाईलाई गाडी भाडामा लिन लगाउँछन् ।

ठुल्ठुलो पार्टीमा मेरो दाजुभाई यो विजनेस गर्छ । मेरो फ्यामिली विजनेस यो हो भनेर धाक नै लगाउन पछि नपर्ने । बरिष्ठ मान्छे भेटाउने । कनेक्सन मिलाइदिने काम उनीहरुको क्षमता मै पर्छ ।

उसका घरपरिवारका सदस्यहरु भन्ने गर्छन् । हाम्री छोरी चेलीले फ्रुटी खाएर फोटो अपलोड गरे डाबर कम्पनीले रोयल्टी तिर्छ । रेष्टुरेण्टमा चेक इन गर्यो भने उल्टै रेष्टुरेण्टले ५० हजार तिर्छ भनेर चेलीको बखान गरेको नि भेटिन्छ ।

एकजना ग्राहक भन्छन् ‘सुरुमा सेलिब्रेटी गर्ल भनेर चिनजान गरियो । त्यसपछि पैसाको मोलतोल गरेर सम्पर्क पनि गरियो । आजभोलि एक दुई लाख चाइयो पछि मिलाउँदै गरम्ला नी भन्दै फोन आउँछ । बेला बखतमा उसका इष्ट मित्र गनिने दाजु भाईको साइनो लगाई पार्टीसँग पैसा लिन पठाउन भ्याउँछन् ।

सुरुमा नपाउँदा सर्भिस पोख्त छ भन्ने सुनेकोले पो चिज जस्तो लागेथ्यो, आजकल दुनियाँले लिएर हिडेँको थाहा पाएपछि घिन लागेर आउँछ । क्यास नदिम त परिवार भएको सामाजिक प्रतिष्ठा बनाएको मान्छे कुरो पोखिएका भन्ने पीर ।’

ग्राहक नै बनाएका मान्छेका उसका नीजि फ्ल्याटमा हिसाब मिलाउने गरी परिवारलाई सिफ्ट गराईदिने काइदा छ उनीहरुसँग । कुनै मुर्गालाई सोही फ्ल्याटको भाडा तिर्न बाँकी छ भन्दै पिरल्ने त कतिलाई विदेश सयर गराउने सर्तमा तन सर्मपण गराउने ।

व्यक्ति र ग्राहकहरु समाजमा तै चुप, मै चुप । नपाउनेहरु ‘पायो भने कहाँ छोडिन्छ र, हामीले नि, बरु एकपटक चान्स पाए त हुन्थ्यो कसले मिलाइदेला खै…?’

परिवार छरछिमेकी इष्टमित्रलाई रवाफको कारण थाहा भएपनि शक्ति सञ्चिती भएको मान्छेलाई कुनै दिन उपयोगमा ल्याउनु पर्छ भन्ने मानसिकता कै कारण स्वयम् दाजुभाई बेखबर बनिदिन्छन् । आम्दानीको स्रोत गुम्ने खतरका कारण पनि उनीहरुको मौनतानै चेलीलाई स्वीकार्यताको प्रतिक बनिदिन्छ ।

विलासी जीवन जिउने लत बसेपछि आम्दानीको स्रोत भनेकै धनी तर सोझो जसले नीजि सम्पत्तीको एटिएममा सपनाको चाङ लगाईदिन्छन् । सोझो केटोले आफ्नो व्यक्तिगत आचरण खुट्याउन नसकोस् भन्ने उनीहरुको स्वार्थ हुन्छ । चल्तिको कथन जस्तै भएको छ, हेन्डसम् व्वाई फ्रेन र गाटिस्ट केटोसँग विहे !

गाटिस्ट केटोसँग विहे गर्ने स्वार्थ जब पूरा हुन्छ । स्वयम् सम्बन्धमा दरार पैदा गराई पारपाचुके (डिभोर्स) गर्ने लक्ष्य । कम्तिमा अरबपति केटोसँग पारपाचुके भएपछि तीस चालिस करोड नगद कुम्ल्याउने दाउ सफल बनाउन तल्लिन छन् ।

विहे पछिको सपना रेन्ज रोभर गाडि चढेर, त्यहीँ समाजमा जसले उसलाई आलोचना गर्ने गर्छ । उसकै अगाडि रवाफ देखाउँने धोको ।

-पाठक पत्र

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.