www.tandavnews.com
Fact ~ In search of truth

छायाँ एड्भरटाइजिङले गुण्डागर्दी शैलीमा रकम उठाउँदै

पोखरा
ताण्डव न्यूज ।

छायाँ एडभरटाइजिङ्ग विराटनगर–४ ले पोखरामा गुण्डागर्दी पारामा रकम उठाउँदै हिडेँको पाइएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्र पोखरा लेखनाथ महानगरमा होर्डिङ बोर्ड व्यवस्थापनको जिम्मा पाएको छायाँ एड्भरटाईजिङले पोखराका व्यवसायीलाई धम्काएर कमाउने खेलो गर्न लागेको गुनासो आएको हो ।

Batas

पोखरा लेखनाथ महानगरपालिका र उद्योग बाणिज्य संघको सहिछापको दुरुपयोग गर्दै छायाँ एड्भरटाइजिङले व्यवसायीलाई धम्काउदै रकम नदिए बोर्ड हटाउने धम्की दिँदै हिडेँको व्यवसायीहरुले बताउँछन् ।

महानगरले होर्डिङ बोर्ड व्यवस्थापनको सम्झौता पोखरा उद्योग वाणिज्य संघसँग गरेपनि संघले विराटनगरको छायाँ एड्भरटाईजिङलाई ०७३ फागुन २७ मा ठेक्का दिएको हो । जसको सञ्चालक मनोज कुमार चौहान हुन् उनी विराटनगरमा ठेक्का पट्टामा सक्रिय छन् ।

पोखरामा विभिन्न पेसा व्यवसाय सञ्चालन गरिरहेका संघसंस्थालाई चौहानले सम्झौता विपरित विज्ञापन शुल्क भनि चिठि साथ रकम तोकेर पठाउने गरेका छन् ।

‘अफिस अगाडि राखेको नेम बोर्डको तपाईको बिल यति भयो भन्दै आउँछन्,’ सिद्धार्थचोकस्थित एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका सञ्चालक एवं ईक्यान कास्कीका उपाध्यक्ष रमेश कुमार थापाले भने, ‘समयमै दिनु भएन भने तपाईबाट जसरीपनि पैसा असुल्छौं भन्छन् ।’

राज्यको नियम अनुसार पेसा व्यवसाय सञ्चालन गरिरहँदा अन्य व्यक्ति वा सम्बन्ध नै नभएका कम्पनीहरुले आएर धम्कीपूर्ण शैलीमा पैसा असुल्छौं भन्दा आश्चर्यकीत भएको उनले बताए ।

छायाँ एड्भरटाइजिङले होर्डिङ बोर्ड व्यवस्थापनको जिम्मा पाएको भए पनि सम्बन्ध नै नभएको शीर्षकमा अनधिकृत रुपमा रकम असुल्न अफिसहरु पुगेको पाइएको छ ।

जहाँ, पोखरा लेखनाथ महानगरबाट चलानी भएको पत्रको आसय बेगर पत्रलाई दुरुपयोग गर्दै नियमन निकायको आँखामा छारो हाल्ने गरी चौहानले पोखरामा व्यवसायीलाई आतंकित बनाईरहेका छन् ।

यस विषयमा पोखरा लेखनाथ महानगरपालिकाका कर अधिकृत छबिलाल शर्मासँग ताण्डवले सम्पर्क गर्दा कार्यालय परिचय प्रयोजनका लागि टाँसिएका नेम बोर्डको कर भनी उठाउन नमिल्ने बताए ।

‘अफिस चिनाउन प्रयोग गरिने बोर्डको कर लाग्ने भन्ने होइन,’ उनले भने, ‘विज्ञापन प्रयोजनको लागि राखिएका होर्डिङ बोर्डको कर लाग्ने हो, जुन कुरा सम्झौतामा स्पष्ट किटान नै गरिएको छ । यदि नेम बोर्ड राखेको व्यवसायीलाई कर लाग्ने भन्दै कुनै कम्पनी पुगेको छ भने अवैधानिक हो ।’

आगामि आ.व ०७५/०७६ देखि महानगरले नयाँ विज्ञापन नीति ल्याउने तयारीमा रहेकोले साउन देखि विज्ञापन करका विषयमा अन्यौल सिर्जना नहुने शर्माले जनाए ।

लुट्न लागि परेका छायाँ एड्भरटाइजिङका सञ्चालक मनोज कुमार चौहानलाई ताण्डव न्यूजले सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.