www.tandavnews.com
Fact ~ In search of truth

ऐनकानून छिटो बन्छन्ः अध्यक्ष तिमिल्सिना

बागलुङ, (रासस)

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङले आज (साेमबार) यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून छिट्टै निर्माण हुने उल्लेख गरे ।

आजै अध्यक्ष तिमिल्सिनालाई बागलुङ नगरपालिकाले सम्मान गरेको छ । सो अवसरमा उनले भगवत सर्वजीत विश्वकर्मा प्रतिष्ठान बागलुङले प्रकाशन गरेको स्मारिका ‘भगत सर्वजित’ को विमोचन गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.