पोखरा
ताण्डव न्यूज ।
पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्दै गर्दा मतदाता माझ केही प्रतिबद्धता व्यक्त गरेका थिए ।
निर्वाचनमा सफल भएर एक वर्षको कार्यकाल पार गर्दै गर्दा मेयर जिसीको काम प्रति केही असन्तुष्टि भने कायम नै छन् । यद्यपि, योजना अनुसार काम कारवाही अघि बढाईरहेका मेयर जिसीले महानगरमा रहेका ३३ वटै वडालाई मुख्य बजारमा जोड्ने कनेक्टिभिटी सडकको स्तरोन्नतीले उल्लेखनीय प्रगति हाँसिल गरेको पाइएको छ ।

वडा देखि वडा कनेक्सनको दीर्घकालीन सोचको साथ अगाडि सारिएको कनेक्टिङ सडकको काम अहिले धमाधम अगाडि बढीरहेको महानगरका इन्जिनियर शारदा मोहन काफ्लेले जानकारी दिए ।
‘३० वटा सडक ८ मिटर फराकिलो, दायाँ बायाँ ड्रेन र फुटपाथ सहित निर्माण सुरु गरिसकेका छौं,’ उनले भने, ‘सडक निर्माणको काम आगामी बर्ष सम्पन्न हुने लक्ष्यका साथ महानगरले द्रुत गतिमा काम अगाडि बढाईरहेको छ ।’
ग्रामिण सडक स्तरोन्नती नहुँदा सामान्य आधारभूत सेवा लिन पनि नागरिकलाई असहज हुँदै आएको छ । कनेक्टिभिटी रोडको काम सम्पन्न भएपछि सबै नागरिकले सबै किसिमको सेवा घर आँगनमै पाउने विश्वास महानगरले गरेको छ ।
के हो कनेक्टिभिटी सडक ?
सामान्य विमार हुँदा समेत गाउँबाट सहर धाई आउनुपर्ने बाध्यता छ । महानगर भित्रकै बाटोहरुको अवस्था हेर्ने हो भने दयनीय देखिन्छ ।
सबै महागनरबासीलाई सबै किसिमको सेवामा पहुँच पुर्याउने उद्देश्यले मेयर जिसीले चुनावमा प्रतिबद्धता गरेअनुरुपकै योजना हो कनेक्टिभिटी सडक । जुन उनले पदबहाली गरे लगत्तै अध्ययन सुरु गरि काम अघि बढाएका थिए ।
आ.व. २०७३/०७४ मा महानगरका थपिएका वडाहरुको केन्द्र सम्म सहज पहुँच पुर्याउनको लागि कनेक्टिभिटी सडकको काम अगाडि बडाइएको मेयरका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम गर्ने गरि ३३ करोडको लगानीमा अहिले ३० सडकको चौडाइ बढाउने, ग्राबेलिङ गर्ने र ड्रेन निर्माण गर्ने काम चालु आर्थिक वर्षको अन्त सम्ममा सक्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।
आगामी आर्थिक वर्षमा महानगरले उक्त सडकहरु कालोपत्रे गरिसक्ने जनाइएको छ । ग्रामिण सडक चौंडा पार्नुको अतिरिक्त कनेक्टिभिटिको कामले तीव्र गति लिइरहँदा स्थानीय बासिन्दा हर्षित भएका छन् ।
३ सडकको काम टेण्डर बिना धमाधम
कनेक्टिभिटी सडक अन्तर्गतका ३० सडक निर्माणको काम चालु आर्थिक वर्षमा स्तरोन्नती गरि सक्ने लक्ष्य महानगरले दिएको थियो ।
सोही अनुसार तीव्र गतिमा काम गर्नु पर्ने हुनाले एक सडकको लागतमा न्युनतम १ करोडका दरले विनियोजन गरि काम अघि बढी रहेको छ ।
२७ वटा सडक खण्डको काम टेण्डर आह्वान गरी गरिएपनि वडा नम्बर १९, २३ र २८ मा पर्ने सडकहरु उपभोक्ता समितिलाई जिम्मा लगाई काम भईरहेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.