www.tandavnews.com
Fact ~ In search of truth

‘प्रेरणादायक पुस्तक पढ्न रुचाउँछु’

पोखरा
ताण्डव न्यूज ।

 

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

विशेष गरी व्यक्तित्व विकास, नेतृत्वविकास र सामाजिक जीवनमा यर्थाथ ढंगले चित्रण गरी परिवर्तन तर्फ उन्मुख गराउने प्रेरणदायक पुस्तक पढ्न रुचाउँछु ।

Batas

अहिले कुन पुस्तक पढदैहुनुहुन्छ ?

अहिले जोना वार्स र सुसी क्रान्स्टोन को ‘हाउ रिर्माकएवल ओमन लिड’ र अर्को स्कोट किलरको ‘वियोन्ड पर्फमेन्स’ भन्ने दुईवटा पुस्तक पढ्दैछु । जुन पुस्तकले महिला, समाज र संस्थालाई अगाडि बढाउन मद्धत गर्दछ ।

तपाइलाई मन परेको पुस्तक ?

हुन त म सबैखाले पुस्तक मन पराउछु । त्यसमा पनि प्रत्यक्ष रुपमा जुन पुस्तकले प्रेरणा दिन्छन् । जसमा रिभोलुर्सनी एप्रुच टु सक्सेस गिभ एण्ड एडम ग्रान्टको असाध्यै मन परेको छ ।

मन नपरेका पुस्तक पनि होलानी ?

जति पनि पुस्तक पढ्छु त्यो पहिले नै छनोट र रुचीमा परेको हुँदा अहिलेसम्म त्यस्तो पाएको छैन् ।

उपहार दिँदा कस्ता पुस्तक दिनुहुन्छ ?

विशेषगरी व्यक्तिको काम, क्षेत्र र उसको प्रोफेसनलाई हेरेर दिने गरेको छु ।

जीवनमा पुस्तकको महत्व कत्तिको हुन्छ ?

मानवीय जीवनमा केही गर्नुछ र बदलिनु छ भने पुस्तक जस्तो महत्वपूर्ण औजार अरु केही पनि होइन । किनकी यसले सिर्जनात्मक बनाउँछ, उर्जाशील बनाउँछ, प्रेरणा प्रदान गर्छ र दिमागलाई बाह्य नचाहिँदो कुराबाट बचाउँछ यसकारण पनि यसको महत्व अमूल्य छ ।

तपाइको आयको कति प्रतिशत खर्च पुस्तकको लागि गर्नुहुन्छ ?

अहिलेसम्म त त्यस्तो कुनै हिसाव गरेको छैन् । जतिखेर पायो, जहाँ पायो देख्यो कि चर्चामा आएका पुस्तक किनिहाल्ने हुनाले झन्डै १५ प्रतिशत पुस्तकको लागि खर्च हुन्छ होला । म पुस्तक किन्दा छोरी र श्रीमानको लागि उपयुक्त छ भने किन्छु ।

नेपालका उत्कृष्ट पाँच लेखक को–को लाग्छन् ?

लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विपी कोइराला, र वर्तमान वविता बस्नेत, भिष्म फुलारा, सरुभक्त, सरस्वती प्रतीक्षा ।

केटोकटी हुँदा घरमा कस्ता पुस्तक थिए ?

बाल्यकालमा विद्यालयका पुस्तक बाहेक अरु पढ्ने मौका पाइएन तर दाईले पढ्ने कथाका नेपाली पुस्तकहरु जस्तै, श्रवणकुमार, सुधमा कनिका, मुनामदन पढ्थें ।

नयाँ पुस्तालाई कितावतिर कसरी तान्ने ?

अहिलेको समयमा प्रविधिको विकासले नयाँ पुस्तालाई पुस्तक पढ्नमा खासै तानेको पाइदैन् ।

यो राम्रो पक्ष हो वा होइन तर जति पुस्तक पढ्नमा मज्जा हुन्छ नेट, इन्टरनेटमा हुँदैन् । त्यसको लागि बेलाबेलामा यस्तै बुक, टिप्पणी, लाइब्रेरी, चर्चा परिचर्चा गर्नुपर्छ तब मात्र नयाँ पुस्ता पुस्तक पढ्नमा जागरुक हुन सक्छ ।

प्रस्तुति : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.