
पोखरा,
ताण्डव न्यूज ।
पोखरा सिटी रेवानको आयोजनामा तीन दिने तालिम बिहीबारदेखि सुरु भएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा बार टेन्डर, फ्रन्ड अफिस, फुड हाइजेनिक, किचन म्यानेजमेन्ट साथै वेटर/वेट्रेसको दक्षता अभिबृद्धि कार्यक्रम सुरु भएको हो ।

तालिमको उदघाटन उद्योग, पर्यटन, वन तथा वातावरण प्रदेश ४ का मन्त्री विकास लम्सालले गरे । उनले अध्ययनबाट नजानीने कुराहरु तालिमबाट ज्ञान प्राप्त गर्न सकिने बताए ।
‘काम कुनै पनि सानो ठूलो हुँदैन् । यो स्वाभिमान हो,’ उनले भने, ‘यहाँ सिकेको कुरा विदेशमा गएर होइन यही केही गर्न सक्नुपर्छ ।’
प्रदेश सरकारले होमस्टे बनाउने योजना गराउँदा सिप सिकेका युवाहरुको लागि अवसर हुने लम्सालले बताए । सरकारले २५ लाख पर्यटन भित्राउने भनेसी यसको जिम्मेवारमा नागरिक पनि लागि पर्नुपर्ने उनले औल्याए ।
तीन दिने प्रशिक्षण सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेसमा हुन लागेको हो ।
सिटीइभिटीका प्रशिक्षक शैलेश शाहीले प्रशिक्षण दिनेछन् । तालिममा ६५ जनाभन्दा बढी रहेको सिटी रेवानका महासचिव जीवन दाहालले बताए ।
तालिममा प्राक्टिकल र अध्ययन दुबै हुने उनले बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.