www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश ४ को नीति तथा कार्यक्रम सार्वजानिक, प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याइने

पोखरा,
ताण्डव न्यूज ।

प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रबार प्रदेश –४ को नीति तथा कार्यक्रम सार्वजानिक गरेका छन् ।

उनले आर्थिक वर्षका लागि कार्यक्रम सार्वजानिक गर्दै भौतिक पूर्वाधारदेखि प्रदेशको वार्षिक आय बृद्धि, औद्योगिक क्षेत्रको विकास लगायतका योजना अघि सारेका छन् ।

Batas

प्रदेश सरकारले प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पु¥याई पाँच वर्षभित्र गरिबी ७ प्रतिशतमा झार्ने योजना सार्वजानिक गरेको हो । सन् २०२२ सम्म २० लाख पर्यटक यस प्रदेशमा भित्राउने, यहाँ रहेका तालतलैयालाई जोड्ने पूर्वाधार सञ्चालन गर्ने, सडक सञ्जाल, लगायतका योजना रहेका छन् ।

सरकारले प्रत्येक बर्ष ८ प्रतिशतका दरले प्रदेशको बार्षिक आय बृद्धि गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थललाई ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेशभित्र अन्तर्राष्ट्रिय खेलमैदान, मृगौला र क्यान्सर अस्पतालको निर्माण, स्थानीय तहमा २५ शैया, नगरपालिकामा ५० र प्रदेश राजधानीमा हजार शैयाको अस्पताल निर्माण थालनी गर्ने जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.