www.tandavnews.com
Fact ~ In search of truth

उज्यालो बजारको आगलागीमा अाशंका

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ–४ मा रहेको सिद्धार्थ कम्प्लेक्स उज्यालो बजारमा जेठ २५ गते भएको आगलागीको घटनामाथि शंका उब्जीएको छ ।

योजनाबद्ध रुपमा आगो लगाइएको हुन सक्ने स्रोतको दाबि छ । ‘हुन त प्रहरीले पनि अनुसन्धान गर्दै छन्,’ स्रोतले भन्यो, ‘इन्सुरेन्सको रकम हात पार्नको लागि हुन सक्छ ।’

Batas

त्यहाँ पसल भएका एक जना व्यवसायीले घटना भएको दिन अस्वभाविक क्रियाकलाप भएको सुनाए । ‘अरु दिन ७ बजे वा धेरै भए ७ः३० सम्ममा सबै पसल बन्द हुन्थ्यो ।

घटना भएको दिन दुई जना महिला बजार पछाडीबाट ९ बजेतिर आएका थिए कुन सटरमा पसे थाहा भएन् ।’

स्रोतले कुन व्यवसायीले त्यस्तो गरेको हुन सक्ने भनेर नाम खुलाएनन् । ‘यो कुरा प्रहरीकहाँ पनी पुगेको छ,’ स्रोतले भन्यो, ‘ठूलो रकमको चलखेल हुन सक्छ ।’

अनुसन्धानमा कुनै कमी कमजोरी नहुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले बताए ।

‘यदी इन्सुयोरेन्स रकम पाउने लोभमा गरेको हो भन्ने पाइयो भने कारवाही हुन्छ,’ उनले भने, ‘कडा रुपमा अनुसन्धान हुन्छ ।’

उज्यालो बजार दृष्टिविहीनले संचालन गर्दैनन्

घटनालाई बाहिर ल्याउदा पनि अनावश्यक प्रचारवाजी भएको पाइएको छ ।

दृष्टिविहीनहरुले संचालन गरिएको भनेपनि अहिले कुनै पनि दृष्टिविहीनले संचालन नगरेको स्रोतले बतायो ।

‘समुदायको सेन्टीमेन्ट क्याच गर्न हल्ला फैलाइएको हो, अहिले त्यहाँ एक जना दृष्टिविहीनको श्रीमतीले त्यो पनि भाडा तिरेर पसल संचालन गरेकी छिन्,’ उनले भने, ‘पहिला दृष्टिविहीनले उज्यालो बजार भनेर नाम

दिएर ३० वटा सटर चलाएका थिए ठाँउ अपाइ भएर व्यवसाय नचलेपछि एक महिना जति भयो छाडेको ।’

मिडियामा आउँदा धेरै कुरा गलत प्रकाशन प्रशारण भएको उनले सुनाए ।

‘१७ वटा सटर पूर्ण क्षति भएको भनेपनि जम्मा १४ वटा सटर पूर्ण क्षति भएको छ,’ उनले भने, ‘डि लाइनमा १४ वटा सटर थिए, जसमा जम्मा ५ वटा सटरमा पसल थियो र एउटा स्टोर्स थियो अरु खाली नै थियो ।’

आगलागी के कारणले भएको भन्ने खुल्न सकेको छैन् । सटर ७–८ नम्बरबाट आगलागी भएको भनिएपनि ७ नम्बर सटर खालि थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.