www.tandavnews.com
Fact ~ In search of truth

वीरगञ्ज : खुला ठाउँमा दिसा गरेको देख्नुभयाे? वडामा सूचना दिनुस् , २५० पुरस्कार पाउनुस्

hima aus

वीरगञ्ज, (रासस)

छिपहर माई गाउँपालिका वडा नं ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई रु २५० पुरस्कार दिने घोषणा गरेको छ ।

सो आचारसंहिताको बुँदा नं ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा रु ५०० जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट रु २५० पुरस्कार दिने उल्लेख हो ।

‘एक घर एक चर्पी, भिस्वावासीको शान, स्वच्छ जीवन वातावरण हामी सबैको स्वाभिमान’ भन्ने नारासहित छिपहरमाई गाउँपालिका वडा नं ५ ले जारी गरेको १३ बुँदे सरसफाइसम्बन्धी आचारसंहितामा सधँै चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडाभित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी राख्नेछु, वडालाई दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्नेजस्ता प्रतिबद्धतासहित सो आचारसंहिता जारी गरिएको हो ।

छ सय ७२ घरधुरी तथा करीब १० हजार जनसंख्या रहेको सो वडालाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गर्नुका साथै खुला दिसामुक्त कार्यक्रमका लागि प्रभावकारीरुपमा अगाडि बढाइने छ भन्दै उक्त गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले भने , “आजको बालबालिका भोलिको कर्णधार भएकाले सरसफाइप्रति सबै सजक हुनुपर्छ ।”

classic tech

उक्त गाउँपालिका वडा नं ५ भिस्वागाउँ पर्सा जिल्लाको ४९औँ खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप घोषणा गरिएको छ । हालसम्म जिल्लाको पाँच वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

महिला चेलिबेटीहरु खुला ठाउँमा दिसापिसाब गर्न जाँदा बलात्कार तथा हिंसाको शिकार हुनुपरेकाले सबैले आ–आफ्नो घरमा चर्पी प्रयोग गरी यस्ता हिंसाबाट बच्न सक्नेछन् भन्दै वडाध्यक्ष असलम आलमले आ–आफ्नो घरमा चर्पी नबनाउनेलाई स्थानीय तहको सुविधाबाट वञ्चित गरिने जानकारी दिए ।

ग्रामीण क्षेत्रलाई धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गरिँदै आए पनि सडक पेटीका मुख्य स्थानमा सार्वजनिक शौचालय नभएकाले बाटो हिँड्ने बटुवाले सास्ती भोग्दै आइरहेका छन् ।

चर्पी नै नभएको ठाउँलाई दिसामुक्त क्षेत्र घोषणा गर्नु जायज नभएको भन्दै बाटो हिँड्ने बटुवाले सार्वजनिक शौचालय नबनाएर कागजी भरमा दिसामुक्त क्षेत्र घोषणा गर्नु जनप्रतिनिधिको अकर्मण्यता भएको स्थानीयवासीको टिप्पणी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...