पोखरा,
ताण्डव न्यूज
मालेपाटन युनाइटेड क्लबले ‘मालेपाटन साँगीतिक तथा सांस्कृतिक मेला २०७५’ को आयोजना गरेको छ ।
‘मालेपाटन जाऔं वर्षातको मेलामा रमाऔं’ भन्ने मूल नाराका साथ असार १ गतेदेखि १५ गते सम्म मालेपाटन फुटबल मैदानमा हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गर्ने, राष्ट्रको सांस्कृतिक सविकासमा टेवा पुर्याउने मौलिक भाषा कला संस्कृति जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको क्लबका सचिव सुविन गुरुङले बताए ।
उनका अनुसार मेलामा खुल्ला नृत्य प्रतियोगिता, लाइभ दोहोरी, हाँस्य कलाकार÷राष्ट्रिय कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, वाल उद्यान र असार १५गते हिलोमा रसि तान्ने प्रतियोगिता रहनेछ ।
मेलामा असार ८ गते सम्म बाराही स्कुल सञ्चालन हुनेहुँदा निशुल्क प्रवेशको व्यवस्था गरिएपनि त्यसपछिका दिनमा टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.