www.tandavnews.com
Fact ~ In search of truth

संगीतमा भविष्य खोज्दै बबी

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

‘पोख्रेली कान्छीलाई छोडेर तिमी हङकङमा नजाउँ है’ पहिलो पटक बबी सुनारले यो गित कक्षा ८ मा हुँदा गाएकी थिइन् । सानै उमेरदेखि संगीतको मोह लागेको उनलाई २५ पुग्दासम्मपनि उत्तिकै छ ।

जुन वेलाबाट संगीत बुझ्ने भइन बबी त्यही वेलाबाट आउने इच्छा जागेको हो उनलाई । साथीसँगीसँग कहिलेकाही रमाइलोको लागि मात्र गाउँदागाउदै उनलाई प्रतितियोगितामा पनि भाग लिने इच्छा जाग्यो । विद्यालयस्तरीय प्रतियोगितामा भाग लिएकै दिनदेखि उपाधी कहिले टुटेन बबीको हात र साथमा ।

पोखरा–२७ हेम्जामा घर भई, विष्णु पादुक स्कुलबाट एसएलसी सकेकी बबीले संगीत सिक्न त्रिवेणी संगीतालय पुगिन् । स्कुल पढ्दादेखी संगीमा मन बसेको बबीले सुनाईन् । ‘मलाई सानैदेखी संगीत मन पथ्र्यो, मैले गाएको मेरा साथी र शिक्षकलाई मन पथ्र्यो,’ उनले भनिन्, ‘कक्षा ८ मा हुदा जती संगी प्रति माया लगाव थियो त्यतिनै अहिलेपनि छ र पछि पनि घट्ने छैन ।’

माया मात्र होइन संगीतमा उनलाई त्यतिकै विश्वा रहेको सुनाई । ‘संगीतमा विश्वास छ त्यही भएर यसमा मैले भविष्य देखेको छु,’ उनले भनिन्, ‘संगीतले मलाई नयाँ परिचय दिएको हो, अझै धेरै मेहेनत गर्नु छ ।’

संगीत क्षेत्रमा अघि बढ्न उनले २०६९ सालमा त्रिवेणी संगीतालयमा प्रवेश गरिन् । त्रिवेणीमा २ वर्ष को सिकाइपछि बबी ‘गुरुकुल म्युजिक सेन्टर’ बाट संगीतको शिक्षा लिइन् ।

संगीत सिकेपछि बबीलाई राम्रो प्लेट फमको खाजो थियो । हुन पनि त्यो अवसर सुरताल सिङगिङ एण्ड डान्सिङ सिजन १ ले जुराइ दियो । प्लेट फम पाएपछि स्कुलको प्रतियोगिता जस्तो सजिलो थिएन् यो प्रतियोगिता ।

तर पनि चुनौती सामना गर्ने आट बबीमा उत्तिकै थियो । कडा मेहनतले गर्दा थुप्रै प्रतिस्पर्धीलाई उछिन्दै बबीले ‘सुरताल सिङगिङ एण्ड डान्सिङ–२०७१’ सिजन १ को फष्ट रनर अपको टाइटल हात पारिन् ।

प्रतियोगितामा ‘सिङगिङ अफ द डे’ मा समेत छनोट हुन सफल भएकी थिइन् बबी । उनी भन्छिन् ‘ मेरो नाम बोलाउँदा खुसीको आशु खसेको थियो ।’

गायन क्षेत्रमा करिअर सुरुवात गर्नमा ‘सुरताल सिङगिङ एण्ड डान्सिङ सिजन १’ को प्रतियोगिताले आत्माविश्वास बढाएको र यस प्रतियोगिताबाट आफुलाई परिचित गराउँदै कलाक्षेत्रलाई बुझन सहज भएको उनी सुनाउँछिन् ।

आमा मिना र बुबा मिन सुनारको पुर्णरुपमा साथ पाएकी बबीले गायन क्षेत्रमा आफ्नो प्रतिभा देखाउन कुनै अवसर छोडिनन् । ‘मेरो परिवारले मेरो इच्छा नबुझेको भए उहिलै अर्को बाटो रोज्ने थिए,’ उनले भनिन्, ‘कुनै शन्तान सफल हुन आमावुवाको साथ र आर्शिवाद हुनैपर्छ ।’

आफ्ना लागि कला क्षेत्र नशा र सन्तुष्टको संयोग रहेको उनी बताउँछिन् । ‘कला नशा जस्तै हो,’ उनी भन्छिन्, ‘कलाकारिता क्षेत्र सम्मानित क्षेत्र हो ।’

संगीतको क्षेत्रमा योगदान पु¥याएको ‘द हार्मोनी अफ मोडन सगस्ट्रेसेस’ संस्थामा समेत उनी २ बर्षदेखि आबद्ध छिन् । ‘यो एउटा महिलाद्धारा संचातिल संस्था हो,’ उनले भनिन्, ‘गायन क्षेत्रमा महिलाई अगाडि बढाउने उद्देश्य साथ यो संस्थाको स्थापना भएको हो ।’

हाल उनी अन्नपूर्ण गार्डेन, ओपन हाउस, मुग्लान, मेलोडी क्याफेमा गजल साझँमा ब्यान्डसहित आफ्नो प्रस्तुती दिन्छिन् । उनी आधुनिक तथा हिन्दि गीत गाएर दर्शकको मनमा बस्न सफल भएकी छिन् । ‘म सगीतमा लागेको धेरै भयो,’ उनले भनिन्, ‘संगीतमा भविष्य खोज्दै छु जुन मैले पाउने पनि छु ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.