www.tandavnews.com
Fact ~ In search of truth

अपराधी छुटाउन प्रहरी माथि पत्रकारको दबाब

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा यति बेला एक किसिमको दबाब आई परेको छ ।

समाजको पहरेदार मानिएको पत्रकारिता पेसाको गरिमालाई नै ख्याल नगरी आफूले चिनेजानेको अपराधि छुटाउन पोखराको एक साप्ताहिक पत्रिकामा काम गर्ने पत्रकार प्रहरी कार्यालयमा दिनदिनै धाईरहेको प्रहरी स्रोतले बताएको छ ।

Batas

जेठ २८ गते माछापुच्छे गाउँपालिका–५, बाट दुई नाले बन्दुक सहित ६ राउण्ड गोलि र जंगली जनावरको जस्तो देखिने सुकुटी कास्की प्रहरीले बरामद गरेको थियो ।

घटनामा संलग्न गौतम गुरुङ र उदास गुरुङलाई सोही दिन हातहतियार सहित पक्राउ गरेपनि मुख्य आरोपी पोखरा–१६, दीप बस्ने याङतुङ घले फरार रहेका थिए ।

फरार घलेलाई आज शुक्रबार कास्की प्रहरीले दीपबाट नै पक्राउ गर्न सफल भएको छ ।

कास्की प्रहरीको हिरासतमा राखिएका अपराधिलाई छुटाउनका लागि साप्ताहिक पत्रिका निकाले कै भरमा पत्रकारले दबाब दिँदै आएको प्रहरी स्रोतको भनाइ छ ।

‘पत्रकार भनेर धम्क्याउदै हिँडेता पनि उनले कहिल्यै लेखेको पाइदैन,’ प्रहरी स्रोतले भन्यो, ‘पत्रकारको नाममा यो कलंक हो । यस्तालाई पत्रकार महासंघले पहिचान गरी कारवाही गर्नुपर्छ ।’

हाल सो पत्रकारको नाम सार्वजनिक नगरिए पनि यस्ता क्रियाकलाप पुनः दोहोरिएमा नाम सहित फोटो पनि सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ ।

अपराधमा संलग्न कुनै पनि दोषिलाई कानुनी कारवाही बिना छोड्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओम बहादुर रानाले बताए ।

याे पनि पढ्नुहाेस् ।

हातहतियार सहित दुई पक्राउ, मुख्य नाइके फरार

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.