www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसको विधान संशोधन गरी महाधिवेशन गराउनुपर्ने

विराटनगर (रासस)

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Batas

पार्टी केन्द्रीय सदस्य केसीले सञ्चारमाध्यममा प्रश्न सोध्दा कार्यक्रम बन्द गरिनु र मूल्य विरोधको कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी काँग्रेस कार्यकर्ता नियन्त्रण लिनु अधिनायकवाद भएको आरोप लगाउनुभयो ।

नेता केसीले राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रित हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धति नै लोकतान्त्रिक समावेशी हुन्छ र यो नै नेपालका लागि उपयुक्त छ भन्नुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.