www.tandavnews.com
Fact ~ In search of truth

मिस एस.इ.इ को ट्यालेण्ट सो

पाेखरा । 

इभेन्टस फोर यू प्रालिको आयोजना तथा सा रे ग म ईन्टरटेन्टमेण्ट हाउसको सहकार्यमा संचालन भएको मिस एस.इ.इ पोखरा पाँचौ संस्करणको ट्यालेण्ट सो सम्पन्न भएको छ ।

एस.इ.इ दिएर बसेका छात्राहरुको प्रतिभा र सौन्दर्य सँगै भविष्य निर्माण गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको प्रतिभा प्रस्फुटन कार्यक्रममा मिस थकाली २०१२ निलिमा हिराचन, नृत्य निर्देशक प्रिती गुरुङ, रयाम्प कोरियोग्राफर सुरेश बराईली र मिस जुनियर पोखरा २०१२ सृष्टि हमाल निर्णायक रहेका थिए ।

Batas

ह्वाईट हाउस् पार्टी प्यालेस मा भएको सो कार्यक्रम मा प्रतियोगिले विभिन्न साँस्कृतिक तथा गित संगित प्रस्तुत गरेका थिए । यहि आउदो असार ९ गते पोखरा उधोग वाणिज्य संघको हलमा १ बजे हुने आयोजक विशाल गुरुङ बताए ।

प्रतियोगितामा विजेताले चाँदीको ताज, पचास हजार नगद, विज्ञापन मा अभिनय गर्ने भुमिका लगायत अन्य विजेता ले थुपै्र अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक सुशिल नेपालीले बताए ।

कार्यक्रमको संचालन सचिन रानाभाटले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.