www.tandavnews.com
Fact ~ In search of truth

फुस्रेखोलादेखि देउरालीसम्मको पक्की सडक निर्माण शुरु

पोखरा, (रासस)

पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ ।

सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।

Batas

तीन वर्षेको अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो बाटोको हालसम्म फराकिलो बनाउने, ग्याबिन भर्ने, पानी कटाउनको लागि हेमपाइप बिछ्याउने, नाला निर्माण कार्य भइरहेको फुस्रेखोला, रामदी मट्टीखान देउराली बाटो उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर थापाले जानकारी दिए ।

२०५७ सालमा ट्रयाक खोलिएको उक्त हुलाकी मार्ग स्थानीय तह र जनश्रमदान परिचालन गरी २०६५ सालमा स्तरोन्नति गरिएको जानकारी दिँदै उहाँले बजेट समयमा निकासी हुन नसक्दा काममा ढिलाइ भएको दुखेसो पोखे ।

उनका अनुसार सिद्धार्थ राजमार्गको विकल्पका रुपमा लिइएको सो बाटो स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका हुँदै गुडीखोला राङकोसमा राजमार्गसंग जोडिने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.