www.tandavnews.com
Fact ~ In search of truth

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

नारायण अधिकारी
चितवन, (रासस)

नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।

Batas

यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उनले बताए ।

नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन देख्नुलाई दुलर्भ मानिन्छ । नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काले बताए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले सो क्षेत्रमा यसअघि पनि एक जोडी डल्फिन देखिँदै आएकामा त्यही जोडीबाट बच्चा जन्मिएको हुन सक्ने बताए । नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उनकाे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.