काठमाडौँ (रासस)
सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।
भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.