www.tandavnews.com
Fact ~ In search of truth

किन ‘कुकुर नियन्त्रण अभियान’ शुरु गरियाे लाङ्टाङमा ?

रसुवा (रासस)

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाल्तु कुकुरले वन्यजन्तुको शिकार गर्न थालेपछि कुकुर नियन्त्रण गर्ने अभियान शुरु गरिएको छ ।

निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार पाल्तु कुकुरले वन्यजन्तु नोक्सान गर्न थालेपछि नियन्त्रण गर्न नेपाली सेनालाई खटाइएको छ ।

Batas

बुधबारदेखि कुकुर नियन्त्रण अभियान थालिएको हो । आहाराको खोजीका लागि पाल्तु कुकुर निकुञ्ज पस्ने गरेका छन् । मृग, घोरल, थार, ब्वाँसोलगायतका वन्यजन्तुको संरक्षणका लागि कुकुर नियन्त्रणमा लिई स्थानान्तरण गर्न लागिएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए ।

“लाङ्टाङ क्षेत्रमा वन, वनस्पति र वन्यजन्तुलगायत जैविक विविधता संरक्षणमा विशेष ध्यान दिएका छौँ,” उनले भने । निकुञ्ज क्षेत्रको अवलोकन गर्न गत साउनदेखि यही जेठ मसान्तसम्ममा १३ हजार २०८ पर्यटकको आगमन भएको रेग्मीले बताए ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको उच्च भागसम्म फैलिएको निकुञ्जमा ३० भन्दा बढी स्तनधारी वन्यजन्तु पाइन्छ । निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गण तैनाथ छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.