www.tandavnews.com
Fact ~ In search of truth

तरकारी व्यवसायले धानेको जिन्दगी

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

पोखरा सभागृहमा बस्दै आएकी भवानी दाहालले (३२), हङकङ बजारमा तरकारी व्यवसाय गरेर जिन्दगी गुजारेकी छिन् ।

हरिप्रसाद दाहालसँग हेटौडामा मागी विवाह गरेकी भवानी श्रीमान् विदेशबाट फर्किएपछि पोखरा आएर बसेकी हुन् । चार बर्ष अघि देखि पोखरा आएका दाम्पतिले आफ्नै केहि व्यवसाय गर्नुपर्छ भनि तरकारी व्यवसायलाई अंगालेका हुन् ।

Batas

थोरै रकमले भएपनि व्यवसाय गर्न सकिने भएकाले तरकारी पेसा रोजेको उनको भनाइ छ । पाँच हजारको जोहले आज भन्दा चार बर्ष अघि तरकारी पेसा गरेका यी दाम्पतिले परिवार पाल्न पेसाले धेरै सहयोग गरेको बताउँछन् ।

बिहान झिसमिसेमै उठी शान्तिवन स्थित मण्डीमा तरकारी लिन बुढाबुढी जान्छन् । दुवैले एकअर्काेलाई सपोर्ट गर्ने भएकाले पेसामा कुनै झन्झट भने छैन । ‘काम मिलेर गरेपछि दुवैलाई सजिलो हुन्छ,’ भवानी सुनाउँछिन्, ‘आफ्नो–आफ्नो काम ग¥यो भने छोटो समयमा धेरै काम गर्न सकिन्छ ।’

बिहान मण्डीबाट तरकारी ल्याएर उनी हङकङ बजार भित्ररहेको आफ्नो स्टलमा तरकारी बेच्न राख्छिन् । तरकारी मण्डीबाट मात्र नभई कुनै–कुनै बेच्न आउने तरकारी डोकेहरुसँग पनि लिने गरेकी छन् ।

‘तरकारी भनेको दैनिक आवश्यक पर्ने खाद्य वस्तु हो । देख्दा सफा मिलाएर राखेको ठाउँमा सबैको आँखा पर्छ,’ उनले भनिन, ‘सफा मिलाएर राखेको तरकारी पसलमा ग्राहकको चाप पनि बढेको देख्न सकिन्छ ।’

बिहान ६ बजे देखि खोलेको तरकारी स्टल बेलुका ९ बजेसम्म खुला रहन्छ । भवानी पसलमा बस्दा श्रीमानले होटलबाट अर्डर गरेको तरकारीहरु पु¥याउने गर्छन् ।

परिवारमा एक छोरा एक छोरी बुढा र आफू गरी चारजनाको परिवारलाई तरकारी व्यवसायले धानेको उनी बताउँछिन् । तरकारी व्यवसायले छोराछोरीलाई बोर्डिङमा पढाउन पनि सहज भएको उनले सुनाइरहँदा अनुहारमा चमक देखिन्थ्यो ।

सुरुवातमा भवानीले दिनमा ४ देखि ५ हजार रुपैयाँको व्यापार गर्थिन् । अहिले दिनमा १० देखि १२ हजार रुपैयाँको व्यापार हुने गरेको उनी बताउँछिन् ।

भन्छिन्, ‘त्यै पैसाले लगानी गर्नुपर्छ । जति कमाएपनि जोगाउन भने अलि गाह्रो नै हुन्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.