www.tandavnews.com
Fact ~ In search of truth

अटो वर्ल्डमा धाक जमाएको ‘पीयूजिओट’को सो रुम पोखरामा

पोखरा
ताण्डव न्यूज ।

२ सय वर्ष लामो इतिहास बनाएको ‘पियूजीओट’को सो रुम पोखरामा आज उद्घाटन गरिएको छ । नयाँ बजारमा अवस्थित गण्डकी ट्रेड हाउसले पीयूजिओटका ३ भेरियन्ट सहित पोखरा सो रुम उद्घाटन गरेको हो ।

Batas

लञ्च गरिएका गाडी मध्ये पीयूजिओट ३००८को मुल्य १ करोड १३ लाख र १ करोड २६ लाख छ । पीयूजिओट ५००८को मुल्य १ करोड ३३ लाख छ भने २००८को मुल्य ८२ लाख रहेको सो रुमका म्यानेजिङ डिरेक्टर सौगात थापाले बताए।

सबै गाडी पेट्रेल इञ्जिन हुन् ।

प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले रिबन काटेर सो रुमको उद्घाटन गरेका थिए ।

सन् १८८९ मा अर्मान्ड पीयूजिओटले फ्रान्सको पेरिसमा आयोजित विश्व मेलामा पीयूजिओट ब्राण्डको ३ पाङ्ग्रे सवारी प्रदर्शनमा राखे । उक्त सवारी इञ्जीनियर लिओन सर्पोलेटले हातले नै डिजाइन गरेका थिए ।

१९४८मा पीयूजिओटले २०३ मोडलको कार लञ्च गर्यो । उक्त कार, दोस्रो विश्वयुद्ध पछि बनेको पहिलो कार थियो । ब्राण्ड र गुणस्तरको सफलतासँगै अटोको विश्वबजारमा पीयूजिओटको इतिहास स्वर्णीम छ ।

पियूजीओटको २०३ मोडलबाट सुरु भएको यात्रा ४०४, ५०४, १०४, ६०४, २०५, ४०५, ४०६, २०६ हुँदै २०१६ सम्म आइपुग्दा ३००८ एसयूभी सम्म आइपुेको छ ।

पछिल्लो मोडल ३००८ले विश्वका विभिन्न देशमा निर्माण हुने कारहरुलाई पछि पार्दै २०१७को ‘कार अफ दि एयर’ अवार्ड जित्न सफल भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.