www.tandavnews.com
Fact ~ In search of truth

खाली सटर ! करोडको इन्स्योरेन्स कसरी ?

पोखरा
ताण्डव न्यूज ।

पोखरा–४ सिद्धार्थ कम्पलेक्स उज्यालो बजार आगलागी काण्डले अर्को मोड लिएको छ । उज्यालो बजार प्रतिष्ठान कि अध्यक्ष पार्वतीकुमारी शर्माले खाली सटरको पनि एक करोड ५० लाखको इन्स्योरेन्स गराएको खुलासा भएको छ ।

खाली सटरको मुल्याङकन गरेर विमा गरेपछि पार्वती मात्र होइन सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखाका कर्मचारीको पनि संलग्न रहेको शंका उब्जीएको छ ।

Batas

पार्वतीले फागुनको १८ गते ३० वटा कम्पनीको विमा गराएकी थिइन् । जबकी उनले विमा गराएको अधिकाशं सटरहरु विमा गराउनु भन्दा दुई महिना अघि पुस महिनामै खाली भएको कम्प्लेक्स संचालक राजेश पराजुलीले ताण्डव न्यूजसँग बताए ।

‘पसल नै नभएको सटर विमा गराउदा शंका उब्जीएको हो,’ उनले भने, ‘त्यति मात्र होइन आगलागी भएपनि प्रतिष्ठानकी अध्यक्ष पार्वतीले भाडाको रकम बापत ६ लाख दिएकी हुन् ।’

उज्यालो बजार आगलागी काण्डमा हिरासतमा रहेकी पार्वतीले खाली सटरको विमा मात्र होइन आफ्नो स्वमित्वमा नरहेको सटरको पनि विमा गरेको हुनाले आगलागीको घटना सुनियोजित हुन सक्ने स्रोतको दाबी छ ।

पावर्तीले सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखामा फागुन १८ गते १ करोड ५० लाखको विमा गरेको, ३० वटा सटर मध्ये ७ वटा मात्र समान रहेको खुलास भएको हो । अन्यमा भने पुस देखीनै सटर खाली भएको कम्प्लेक्सका संचालक पराजुलीको भनाई छ ।

‘उज्यालो प्रतिष्ठानले २०७४ जेष्ठ २१ गतेदेखी ३० वटा सटर लिएको थियो,’ उनले भने, ‘जस मध्ये पुसमा ११ वटा मात्र बाँकी भयो । बैशाख भित्र सबै खाली गर्ने भन्ने कुरा थियो । जेठमा आगो लाग्यो ।’

पार्वती फागुनमा सिद्धार्थ इन्स्योरेन्समा विमा गराएको ३० वटा सटर मध्ये डि लाइनको ३ र ४ आफ्नो नपर्ने तर इन्स्योरेन्स गराएकी छिन् ।

जुन सटरमा पार्वती आउनु अघिनै बटन शप र विजुली पसल थियो । तर उनले त्यसमा फेन्सी समान रहेको भन्दै १५ लाखको विमा गराएकी थिइन् ।

डि को ६, ७ र ८ किराना र खाद्यान्न भनेर ४० लाखको विमा गरेको जुन सटरमा विमा गर्दा ६ र ७ खाली थियो । डि को ९ र १० मा ५० लाखको विमा गरिएको छ तर विमा गराउदा त्यहाँ किराना पसल थियो ।

११ र १२ मा होटलको समानको १० लाखको विमा गरिएको थियो । त्यसवेला त्यहाँ होटल संचालन थिएन तर केही समान मात्र थियो ।

डि १३ नम्बर सटरमा डेरी पसल भनी ३ लाखको विमा गरिएको र १४ मा फ्रेस हाउस उल्लेख गरेर ३ लाखको विमा गरिएको तर विमा गर्दा त्यहाँ होटलको सामान मात्र राखिएको थियो ।

सि लाइनको ५ र ६ मा टेलर भनेर २ लाखको विमा गरिएको थियो जुन सटर विमा गर्दा खाली थियो । अहिले ५ नम्बर सटरमा टेलर नै छ जुन प्रतिष्ठानको नभई कम्प्लेक्स संचालकको स्वामित्वमा छ ।

सि लाइनकै ७ नम्बर सटर देखी ११ सम्म फलफुल तरकारी पसल भनी ७ लाखको विमा गरिएको थियो तर पुसदेखीनै खाली रहेका ति सटरमा अहिले पनि फलामका स्टेन मात्र छन् ।

वि लाइनको ५ देखी १२ सम्म पनि फलफुल तरकारी भनि ११ लाखको विमा गरिएको थियो । विमा गर्नु अघि देखिनै खाली रहेको सटर आगलागी हुदापनि खाली नै थियो ।

सि लाइनकै १२ र १३ मा डेरी भनेर ५ लाखको विमा गरिएको थियो जुन सटर डेरीले पुसमै छाडेको थियो ।  सि लाइनको १४ र १५ फ्रेस हाउस भनेर ४ लाख बराबरको विमा गरिएको त्यो वेलामा खाली रहेको थियो ।

उज्यालो बजारमा जेठ २५ गते भएको आगलागी र विमा सम्बन्धमा अनुसन्धान भई रहेको सिद्धार्थ इन्स्योरेन्स लिमिटेड पोखरा शाखाका मेनेजर गोविन्द देवकोटाले बताए ।

‘त्यो वेला प्रत्येक सटर हेरेर हाम्रो कर्मचारीले विमा गराएका हुन,’ उनले भने, ‘त्यति मात्र होइन प्राविधिको टोलीले पनि गएर मुल्याङकन गरेका हुन् ।’ आगलागी भएको भनेर पार्वतीले निवेदन दिएको मेनेजर देवकोटले बताए ।

‘अहिले पार्वतीले निवेदन मात्र दिएका हुन् । विमा दाविको काम कानुनी प्रक्रिया पुरा भएपछि हुन्छ,’ उनले भने, ‘३० वटा सटर मध्ये १७ वटामा क्षती भएको निवेदनमा उल्लेख छ ।’

कर्मचारीको हकमा पनि अनुसन्धान गर्ने उनले बताए । ‘विमा गराउँदा खटिएको कर्मचारीले कसरी गरेको भन्ने पनि अनुसन्धान गर्छौं,’ उनले भने, ‘ प्रक्रिया पुरा नभएसम्म विमाको रकम दिन मिल्दैन ।’

यो पनि पढ्नुहोस्

उज्यालो बजार काण्डमा पक्राउ परिन् पार्वती

आगो लागेको कि लगाइएको ? घटना जटिल बन्दै

उज्यालो बजारको आगलागीमा अाशंका

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.