www.tandavnews.com
Fact ~ In search of truth

असारको अन्तिम साता ‘फेस अफ फेसन’ को अडिसन

पोखरा।

रमाईलो छ प्रालि पोखराले आयोजना गर्ने दोस्रो “फेस अफ फेसन” मोडलिङ प्रतिस्पर्धाको छनौट चरण असारको अन्तिम साता हुने भएको छ ।

फेसन शो मार्फत आफ्नो ब्यक्तित्व बिकास गर्न र मोडलिङ्मा करियर जमाउन चाहने युवा युवतीहरुको लागि दोस्रो “फेस अफ फेसन” मोडलिङ प्रतिस्पर्धाको छनौट चरण असार ३० गते लेकसाईड स्थित फ्युल बार एण्ड ग्रीलमा हुने कार्यक्रम संयोजक यस्बिना श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मोडल निश्चल्ता भट्टचन, र कोरियाग्राफर अनिश श्रेष्ठ, लगायतले सहभागीहरु मध्येबाट कुल ४० जना प्रतियोगिहरुलाई फाईनलका लागी छनोट गर्नेछन ।

प्रतियोगितामा एसईई उत्तिर्ण गरेको, ५ ईन्च २ फिट भन्दा बढी उचाइ भएका युवती र ५ फिट ५ ईन्च भन्दा बढि उचाई भएका जहाँसुकैका युवा–युवतीले प्रस्पिर्धामा सहभागी हुन पाउने श्रेष्ठले बताए ।

Lama collectio News Middle

उनका अनुसार १६ देखि २५ वर्ष उमेर समुहका युवायुवतीले भाग लिन पाउने सो मोडलिङ प्रतिस्पर्धाको अन्तिम चरणमा मोडलहरुलाई बिशेष पहिरनको व्यवस्था पोखराको चिप्लेढुङ्गा स्थित आईएफसि कलेजले गर्नेछ ।

श्रेष्ठले प्रतिस्पर्धाको फाईनल भदौ १६ गते शनिबार हुने बताउदै निकिता चन्डक (मिस नेपाल २०१७), ईण्डियन्स् नेक्स्ट टप मोडलका फस्ट रनर अफ सबिता कार्की र बरिष्ठ फेशन डिजाईनर अमित बरारले निर्णायकको भुमिका निर्बाह गर्ने बताए ।

प्रतिस्पर्धाबाट एक÷एक जना युवा युवतीलाई बिजेता तथा उपबिजेता घोषणा गरिने प्रतियोगिता ब्यवस्थापक साईमन गुरुङले बताए । गुरुङका अनुसार बिजेताले नगद, ताज, म्युजिक भिडियोमा अभिनय गर्ने अबसर, फोटो सुट तथा विभिन्न आकर्षक गिफट् ह्याम्पर लगायतका पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ताज, नगद तथा अन्य आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन ।

सोही अवसरमा ड्रेस डिजाइनरहरुको समेत प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो फेस अफ फेसनको उपाधी पुजा शाई र रबि आले मगरले हात पारेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery