पोखरा
ताण्डव न्यूज ।
मुस्ताङमा ट्रिपर दुर्घटना भएको छ । अाज (शुक्रबार) दिउँसो भएको उक्त दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । १० जना घाईते भएका छन् ।
ट्रिपर सडकबाट करिब ६० मिटर तल खोँचमा खसेको छ ।

जोमसोम–कोरला सडक बनाउन कामदार बोकेर गएको बा २ क २२१९ नम्बरको ट्रिपर कच्चि सडकमा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेले जानकारी दिए ।
मृतकको सनाखत हुन सकेको छैन ।
फोटो : सुमन शर्माको फेसबुक वालबाट
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.