www.tandavnews.com
Fact ~ In search of truth

‘प्रदेश चार’को नाम ‘गण्डकी प्रदेश’

पोखरा
ताण्डव न्यूज ।

प्रदेश ४ को नाम गण्डकी प्रदेश भएको छ ।

प्रदेश सभा बैठकले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम शुक्रबारदेखि गण्डकी रहने घोषणा गरेको छ । गण्डकी नाम पारित भएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत सांसदले ‘गण्डकी’ लेखिएको ब्यानर बेलुनसँगै उडाएर खुसी साटासाट गरे ।

Batas

गण्डकी प्रदेशको पक्षमा ५४ मत परेको छ भने विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्तिले गण्डकी तमुवान राख्नुपर्ने माग गर्दै आएको थियो ।

दुर्इ दिनको छलफलपछि प्रदेशको नाम गण्डकी राख्ने पारित गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.