www.tandavnews.com
Fact ~ In search of truth

‘यूरोपियन यूनियन फिल्म फेस्टिभल’ पोखरामा आजदेखि सुरु

पोखरा
ताण्डव न्यूज ।

यूरोपियन सांस्कृतिक सम्पदा वर्ष २०१८को उपलक्ष्यमा आयोजित फिल्म फेस्टिभल आज (शनिबार)देखि पोखरामा सुरु भएको छ । यूरोपियन यूनियन कमिसन नेपाल र ब्रिटिस काउन्सिलको संयुक्त आयोजनामा सातौं यूरोपियन यूनियन फिल्म फेस्टिभल सुरु भएको हो ।

यूके, चेक रिपब्लीक, लात्भिया, जर्मनी, फिनल्याण्ड र फ्रान्सका ६ वटा वृत्त चित्र फेस्टिभलमा देखाइने छ । उक्त फिल्महरुमा यूरोपियनहरुको कला, संस्कृति र सम्पदाबारे देखाइएको छ ।

Batas

पोखरेली फिल्म पारखीहरुकालागि यस फेस्टिभलले फिल्म निर्माण कला र प्रस्तुतिको शैलीबारे पनि ज्ञान लिन सक्ने ब्रिटिस काउन्सीलको तर्फबाट स्थानिय कार्यक्रम संयोजक आशिका शर्माले बताइन् ।

फेस्टिभल गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भाेली(अाइतबार)सम्म जारी रहने छ । प्रवेशको व्यवस्था निशुल्क  गरिएको छ ।

फेस्टिभल पोखरा लगत्तै काठमाडौंमा पनि हुने आयोजकले जनाएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.