पोखरा
ताण्डव न्यूज ।
इनर ह्वील अन्नपूर्ण क्लब पोखराको नवौं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष मिना आचार्यले बर्ष ०१८÷०१९ का अध्यक्ष सञ्जिना न्यौपानेलाई अध्यक्षको पद हस्तान्तरण गरिन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष सर्सिज पालिखेले वेलहेम्मर र प्रमुख अतिथि इनर ह्वील डिष्ट्रिक नेपाल ३५० का अध्यक्ष उषा क्षेत्रीले चार्टर सर्टिफिकेट, कलर माला साथै इनर ह्वील पिन प्रदान गरी पदस्थापना गरे ।
कार्यक्रममा अध्यक्ष मिना आचार्यले आफ्नो कार्याविधिको प्रगति गतिविधि प्रस्तुत गरेकी थिइन् ।
नवौं पदस्थापित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालको कार्ययोजनाको बारेमा प्रस्ट्याइन्।
क्लबमा निवर्तमान अध्यक्ष मिना आचार्य, उपाध्यक्ष युनिमा तुलाचन, सचिव सन्ध्या कुवंर कोषाध्यक्ष भगवती बराल, सह–सचिव सरिता शर्मा, आईएसओ ज्योति उदास, सम्पादक रेणु श्रेष्ठ र बोर्ड सदस्य सारदा बराल कायम भएका छन् ।
पदस्थापना समारोहमा रोटरी डिस्ट्रिकका एजि डिल्लीप्रसाद शर्मा र रोटरी क्लब अफ अन्नपूर्णका अध्यक्ष सुरेश ध्वँजू, इनर ह्वील क्लब अफ पोखराका अध्यक्ष सञ्जु द्वा,इनर ह्वील क्लब अफ अन्नपूर्णका संस्थापक अध्यक्ष सरासिज पालिखे ,इनर ह्वील क्लब अफ मिड टाउन सावित्री नेपाली लगायतले मन्तव्य राखेका थिए ।
क्लबकी सचिव भगवती बरालले सञ्चालन गरेको कार्यक्रममा पुर्व अध्यक्ष विजया कर्माचार्यले स्वागत र अध्यक्ष युनिस्मा तुलाचनले धन्यवाद मन्त्ब्य राखेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।