www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा एसपी रानाको ५५ दिन

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

एसपी ओमबहादुर राना जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुख भएर आएको ५५ दिन भएको छ । गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका एसपी राना गुण्डागर्दी विरुद्ध खरो उत्रिएको देखिन्छ ।

ट्याक्सी मिटर, लागुऔषध, फरार अभियुक्त लगायत जिल्लामा सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कास्की प्रहरीको कमाण्ड गरेको ५५ दिनसम्म आइपुग्दा उनले के के गरे त ?

Batas

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो कार्यप्रगति सार्वजनिक गरेका छन् । यस समयअवधिमा प्रहरी कार्यालय कास्कीमा भएका कार्यहरु यसप्रकार छन् :

१. मुद्धा दर्ता

०७५ बैशाख ३० गतेदेखि आजसम्म प्रहरी कार्यालयमा ४ वटा ठगी मुद्धा परे । उक्त मुद्धामा ११ जना पक्राउ परे ।

१६७ वटा सार्वजनिक मुद्धामा २८५ पुरुष र ३४ जना महिला पक्राउ परेका छन् । जर्वजस्ती करणीका २, लागु औषधका २२, जुवा ७, बालयौन दुराचार १, सवारी ज्यान २, चोरी १८, शरिर बन्धक १, ज्यान मार्ने उद्योग ४, कर्तव्य ज्यान १, बहुविवाह ७, जर्वजस्ती करणी उद्योग ४, आगो लगाएको १, हातहतियार १ र झुटो विवरण पेश गरि नागरिकता लिएको १ गरि २७३ मुद्धा दर्ता भएका छन् ।

उल्लेखित मुद्धाहरुको अनुसन्धानबाट ४६६ जना पक्राउ परेको जनाइएको छ ।

२. अनुसन्धानका क्रममा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की मातहतका विभिन्न स्थानका प्रहरी कार्यालयहरुबाट ५५ दिनमा २ हजार ८ सय ६९ ब्यक्ति अनुसन्धनका क्रममा पक्राउ परे । जिल्ला प्रहरी कार्यालयबाट १ हजार १ सय ४२, वडा प्रहरी बैदामबाट ८५४, शिशुवाबाट १४०, रामबजारबाट ४१३ र बगरबाट ३२० जना पक्राउ परेका छन् ।

जस मध्ये २ हजार ५ सय ७७ जनालाई सुझाई बुझाई जवानिमा र निगरानिमा छाडिएको एसपी रानाले बताए ।

३. गुण्डागर्दी, हप्ता अशुली, मिटर व्याज तथा बेटिङ

कास्की प्रहरीको गुण्डागर्दी निस्तेज अभियान अन्तर्गत १५ जना पक्राए परेका छन् । गुण्डागर्दी, हप्ता असुली, धम्की, मिटर व्याज, बेटिङ लगातका कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको जनायो ।

पक्राउ पर्नेमा ललित कुमार गुरुङ, चन्द्र गुरुङ, सनिराज डंगोल, सुमन श्रेष्ठ, पुनम गुरुङ, प्रकाश गुरुङ, धन कुमार पुर्जा, महेश अर्याल, सुजन लामा, जिवन थापा, विजय गुरुङ, नविन गुरुङ, विजय रानाभाट, रोहित सुनार र विकास गुरुङ रहेका छन् ।

४. फरार अपराधी पक्राउ

कास्की प्रहरीले गएको ५५ दिनमा ७६ फरार अपराधि पक्राउ गर्यो । उनिहरुबाट १५ लाख १ हजार ७ सय ५७ रुपैंया जरिवाना लिइएको भने जरिवाना कैद जम्मा ३५ वर्ष ८ महिना सजाय गरिएको छ ।

पक्राउ परेका फरार अभियुक्तहरु कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागु औषध, लिखित गाली बेइज्जती, सरकारी छाप किर्ते, जाल साजी लगायतका शिर्षकमा फरार रहेका थिए ।

५. लागू औषध निस्तेज अभियान

कास्की प्रहरीले लागू औषध विरुद्धको महाअभियान सञ्चालन गरिरहेका बेला लागू औषधका २२ मुद्धा प्रहरी कार्यालयमा दर्ता भए । २२ मुद्धामा ३९ पुरुष र १ महिला पक्राउ परे । पक्राउ परेकाहरु बाट चरेश, गाँजा, ब्राउन सुगर, फेनेरागन, डाइजेपाम, नाइट्रोसन लगायतका लागू औषध भेटिएको थियो ।

यस्तै, अवैध मदिरा बनाउन प्रयोग हुने ६ हजार ७ सय ७० लिटर कच्चा पदार्थ र ९ सय ८५ लिटर तयारी मदिरा नष्ट गरेको एसपी रानाले सुनाए । ३ हजार ५ सय गाँजाका विरुवा सहित ९.५ क्वीण्टल हरियो गाँजा नष्ट गरिएको उनको भनाई थियो ।

६. ट्राफिक कारवाही

कास्कीमा बैशाख ३० देखि आज सम्म ८ हजार ५ सय ६६ जना ट्राफिक कारवाहीमा परेका छन् । जसमध्ये, मापसेमा २१४, मोडीफाईमा ४४, मिटरमा जान नमान्ने १२४ ट्याक्सी, पैुर हर्न प्रयोग गर्ने १० र फुटपाथ कारवाहीमा ४७० जना परेका हुन् ।

उनिहरु सबैबाट ६० लाख १४ हजार राजश्व संकलन भएको छ ।

एसपी रानाका अनुसार जुवातासमा खेल्ने खेलाउने ५९, यौन व्यवसायमा संलग्न ७८ र चोरी तथा लुटपाटमा संलग्न २८ जना पक्राउ परेका छन् ।
यस अवधिमा प्रहरीले हराएका ३५ र चोरी भएका ११ थान मोबाइल समेत फेला पार्यो ।

प्राकृतिक श्रोत दोहन शिर्षकमा टिपर १०, ट्याक्टर ३ र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।  पहिलेका २५ वटा सिसि क्यामेरा सावुत रहेको र पछि २८ वटा सिसि क्यामेरा थप गरिएको एसपी रानाले बताएका छन् ।

भावि कार्ययोजना

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओम रानाले आफ्ना १२ बुँदे कार्ययोजनालाई निरन्तरता दिने बताएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘गुण्डागर्दी निस्तेज, लागू औषध, घरेलु हिंसा, मिटर व्याज, जुवातास। यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा हामी अझ कठोर भएर लाग्नेछौं ।’

यस्तै ट्राफिक व्यवस्थापन तर्फ अनियमितता, ट्राफिक लाइट, ओभर स्पीड कन्ट्रोल ट्राफिक लाइट लागयतका विषयमा गम्भिर भएर लाग्ने उनको भनाई थियो ।

एसपी रानाले प्रहरीको आचारण र व्यवहारमा सुधार गर्नकालागि पनि आन्तरिक रुपमै कारवाही गरिएको बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.