मेष :
प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपु¥याउँदा केही चुनौती आउन सक्छन् । तापनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ । अरूलाई प्रभावित पारेर उपलब्धी हातपार्ने समय छ । तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । लाभांशका लागि अलि संघर्ष गर्नुपर्ला । सप्ताहान्तमा अवसरवादीहरूबाट सजग रहनुहोला ।
बृष :

प्रारम्भमा केही चुनौतीसँग संघर्ष गर्नुपर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला । तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन् । उत्तरार्धमा रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ । अरूलाई दिएर पनि आयस्रोत बढाउन सकिनेछ ।
मिथुन :
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ । सोमवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला । अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ । परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ । तापनि बुधवारपछि स्थितिमा सुधार आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ । गोपनीयतामा ध्यान दिनुहोला ।
कर्कट :
प्रारम्भमा प्रतिस्पर्धीहरूले दुःख दिए पनि व्यवहारमा राम्रै अवसर हात पार्न सफल भइनेछ । पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ । पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ । तर वादविवादमा अघि नसर्नुहोला । बीचमा झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ । स्वास्थ्यमा पनि ध्यान पु¥याउनुहोला । भैपरी आउने समस्यासँग जुध्नुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला ।
सिंह :
प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ । सुरुमा केही काम रोकिए पनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वत प्राप्त हुनेछ । व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ । व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ । तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ ।
कन्या :
सुरुमा घरेलु समस्या देखापर्न सक्छन् । अरूको बहकाउमा परिनाले काम रोकिने सम्भावना छ । भौतिक साधनको कमीले पनि केही अप्ठ्यारो पर्ला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ । मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । व्यवसायमा प्रगति हुनेछ । प्रेम र मित्रताको बन्धन कलिलो हुनेछ ।
तुला :
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि प्रतीक्षा गर्नुहोला। मिहिनेतले प्रतिःपर्धीहरूलाई पछि पार्न सकिनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।बुधवारसम्म आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन्। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। अध्ययनमा पनि धेरै समय दिन नसकिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा अप्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
बृश्चिक :
बोलीको प्रभावले विशेष अवसर प्राप्त गर्न सकिनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ । तर आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ । साइनो गाँःनेहरूबाट सजग रहनुहोला ।
धनु :
प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्वाकांक्षी काम सुरु हुनेछ । आँटले काम लिँदा लक्ष्य प्राप्त गर्न सकिनेछ। सोमवारदेखि भने परिस्थिति अलि असहज बन्ने देखिएकाले बोली–व्यवहारमा सजग रहनुहोला । अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ । तापनि, बुधवारपछि स्थितिमा सुधार आउनाले भौतिक साधनको अभाव सुल्झनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सप्ताहान्तमा गोपनीयतामा भने ध्यान दिनुहोला ।
मकर:
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ । लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ । तर आलोचकहरूले आत्मसम्मानमा चोट पु¥याउन सक्छन् । आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन् । ठूलो भागको आशाले हानि पुर्याउने हुँदा सजग रहनुहोला ।
कुम्भ :
सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । व्यापार–व्यवसायमा पनि लाभ हुनेछ । तर, परिवारजनका आवश्यकतामा केही खर्च पनि हुनेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । पछिल्लो समयमा विवादास्पद काम गर्नुपरे पनि आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । विवादमा अघि नसर्नुहोला ।
मीन :
सुरुमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ । तापनि, कामले विभिन्न अवसर दिलाउनेछ । सोमवारदेखि विशेष धन लाभ हुने समय छ । मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ । पहिलेको मिहिनेतले आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ । तर, लगत्तै अनियन्त्रित खर्च पनि हुनेछ । बिहीवारदेखि अर्थअभावको अनुभूति हुनेछ । तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ । सप्ताहान्तमा आफन्त र साथीभाइसँग भेटघाट समेत हुनेछ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.