www.tandavnews.com
Fact ~ In search of truth

इनरह्वील क्लव अफ पर्वतको चौथो पदस्थापन

पर्वत ।

इनरह्वील क्लव अफ पर्वतको चौथो पदस्थापन समारोह कुश्मामा आईतबार सम्पन्न भएको छ । रोटयाक्ट्र र अन्य सामाजिक संघसंस्थामा आवध भएका व्यव्सायी महिलाहरुको सञ्जालका रुपमा इनरह्वील क्लव विगत ४ बर्ष देखि पर्वतमा क्रियाशिल छ ।

बर्ष २०१७÷०१८ का अध्यक्ष चन्द«कला लम्साल पौडेलले बर्ष २०१८÷०१९ अध्यक्ष जमुना अधिकारीलाई पदहस्तान्तरण गर्नुभएको छ ।अधिकारीको अध्यक्षतामा २३ सदस्य रहेको इनरह्वील क्लव अफ पर्वतको स्थापना भएको छ ।

Batas

क्लवमा सल्लाहकार तत्कालिन अध्यक्ष चन्द«कला लम्साल पौडेल,उपाध्यक्ष जलन खत्री के.सी,सचिव अनिता सापकोटा,कोषाध्यक्ष गंगा शर्मा,आई.एस.ओ सदस्य खिम माया पाईजा,सम्पादक मिना जोशी रहेका छन । यस्तै सदस्यहरुमा सीता कुमारी शर्मा,सरिता शर्मा,सुजता बि पौडेल,तुलसी बि पौडेल,पार्वती बि पौडेल र गोमादेवि शर्मा रेग्मी रहेका छन् ।

सो समारोहका अवसरमा इनर पुस्तिका विमोचन,एसईइमा सफल इनरह्वलका सदस्यहरुका छोराछोरीलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै समारोहमा इनरह्वल व्यवसायी सम्मान अन्तर्गत लगनशिल नमूना महिला व्यवसायी दिलमाया वोहोरालाई सम्मान गरिएको थियो ।

क्लवले हाल सम्म मेघा स्वास्थ शिविर,बालबालिकालाई छात्रवृति,शैक्षिक सामाग्रि वितरण,कम्पयुटर बितरण,न्यानो कपडा बितरण,ह्वीलचियर बितरण,इ–लाईव्रेरी स्थापना,आगलागीवाट समस्यामा परेकालाई सहयोग विभिन्न संघसंस्थामा आवधहरुलाई भोलन्टीएरी सहयोग जस्ता कार्यहरु गर्दै आएको छ ।

कार्यक्रमका बिशिष्ट अतिथी इनरह्वील डिष्ट्रिक ३५० का चियरम्यान उषा क्षेत्रीले इनरह्वील क्लवमा आवध महिलाहरुले गरेका गतिबिधि मार्फत समाजले रुचाएको पाईएको वताईन् ।

उनले विगत र आगामी बर्षका कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरिन् । सो अवसरमा बिशिष्ट अतिथी डिष्ट्रिक ३५० का सचिव समिरा ध्व्जु,कोषाध्यक्ष शर्सिज पालिखे, डिष्ट्रिक ३५० का आई.एस.आ सदस्य विद्या गुरुङ,संस्थापक अध्यक्ष लक्ष्मी मेधासी,पर्वू सांसद कल्पना चापागाई,सहयोगि संस्था अमरटिका फउण्डेसन र नेष्डो नेपालका निर्देशक विश्वप्रकास प्रसाँई,इन्रह्वल पूर्वअध्यक्ष सावित्रि खत्री क्षेत्री, रोटयाक्ट्रका संस्थापक सदस्य मोहोन आचार्य,ईन्रह्वलका आगामी अध्यक्ष जलन खत्री,अनिता चापागाँई लगाएतले बोलेका थिए ।

समारोह क्लवका बर्ष २०१७÷०१८ का तत्कालिन अध्यक्ष चन्द«कला लम्साल पौडेलल अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.