www.tandavnews.com
Fact ~ In search of truth

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ (रासस)

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।

Batas

बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार कूल १० उपसमूहमध्ये नौ उपमूहको शेयर घटेको छ भने एक उपसमूहको शेयर बढेको छ । बैंकिङ १०.३१, व्यापार ०.८४, होटल ३७.६५, विकास बैंक १८.८३, जलविद्युत् २१.७, फाइनान्स ३.८७, बीमा १०७.५८, अन्य ०.५१ र माइक्रोफाइनान्स ३६.०६ बिन्दुले घटेको छ भने उत्पादन समूहको शेयर २.८ बिन्दुले बढेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.