पाेखरा ।
३ बर्ष लामो समयको ग्याप पछी चर्चित लोक गायक राजु परियारको म्युजिक भिडियो दराैँ सिरुबारी यूट्यूबमा सार्बजनिक भएको छ। श्याम शुक्ला फिल्म प्रोडक्सनको यूट्यूब च्यानल श्याम शुक्ला इन्टरटेनमेन्टले भिडियाे सार्बजनिक गरेकाे हाे ।
वरिष्ठ सस्कृतिकर्मी एव कलाकार, गुरुङ चलचित्रका नायक तारा बहादुर गुरुङको प्रस्तुतीमा लाली गुराँस ड्रेस सेन्टरले निर्माण गरेको लोक गित दरौँ सिरुबारिले दुइ पटक पुरस्कार पाइसकेको छ। सर्वाेत्कृष्ट लोकगित, म्युजिक खबर अवार्ड २०७२ र चौथो बायो अवार्ड २०७३ प्राप्त गरेकाे छ ।

पर्यटकीय ठाउँ तथा नेपालको पहिले होमस्टे गाउँ दरौ सिरुबारिको विभिन्न स्थलहरुलाइ समेटेर निर्माण गरिएको भिडियोलाइ चर्चित निर्देशक घनश्याम लामिछानेले तीन बर्ष अघि निर्देशन गरेका हुन।
तारा बहादुर गुरुङ , मोनिका दाहाल र तेज गिरिले अभिनय गरेको म्युजिक भिडियोलाई प्रकाश गुरुङ काश ले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन।
गितको शब्द स्वयम् राजु परियारको रहेको छ भने संगीत जय कुमार परियारले दिएका छन। भिडियोलाई लक्ष्मी गुरुङले निर्माण गरेकि हुन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.