www.tandavnews.com
Fact ~ In search of truth

कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पुनः पराजुली

पोखरा, 

कास्की जिल्ला भलिबल संघको शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभा द्वारा संघलाई दुई बर्षका पुर्नगठन गरिएको छ । नेपाल भलिबल संघको निर्देशन अनुसार गरिएको पुर्नगठनमा भिम पराजुलीलाई पुनः आगामी दुइ बर्षका अध्यक्षमा चयन गरिएको छ ।

साधारणसभाले सदस्यमा एक पद रिक्त राख्दै १४ सदस्यिय कार्यसमिती पुर्नगठन समेत गरेको छ । पुर्नगठित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र गौचन, उपाध्यक्षमा बाबुराम कोसी, सचिबमा कुमार गुरुङ, कोषाध्यक्षमा टंकराज पौडेल र सहसचिबमा शेषकान्त शर्मा रहेका छन ।

Batas

त्यसैगरि कार्यसमितीको सदस्यमा मनशान्त घिमिरे, तारानाथ पहारी, बुद्ध सिंह, राजेन्द्र जिसी, कृष्ण जोशी, योगेन्द्र बस्नेत, बलराम तिमिल्सीना र गोपाल थापा रहेका छन । महिलाका लागि एक पद रिक्त राखिएको र यसलाई चांडै परिपुर्ती गरिने अध्यक्ष पराजुलीले बताए ।

संघको शनिबार नै बसेको पहिलो बैठकले तिन जना लाई सल्लाहकारमा चयन गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत तथा भलिबल संघका केन्द्रिय सल्लाहाकार नारायण प्रसाद शर्मा, महिला पर्यटन उद्यमी लक्की कार्की र नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकलाई संघको सल्लाहाकारमा चयन गरेको हो ।

बैठकले आगामी २०७५ भदौ १ गते देखि ३ गते सम्म पोखरामा खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको अध्यक्ष पराजुलीले बताएका छन । उक्त बिच भलिबलमा  प्रथम र दोश्रोले क्रमश नगद ३० र २० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।

साधारणसभा पछि बसेको पहिलो बैठकले साधारणसभामा प्रस्तुत केही नितीगत तथा वार्षिक कार्यक्रमहरुलाई अगाडी बढाउने जानकारी अध्यक्ष पराजुलीले दिए । संघको बार्षिक कार्यक्रम अनुसार गाँउपालिका स्तरिय महिला÷पुरुष प्रतियोगिता आयोजना गर्ने मेयर कप भलिबल प्रतियोगिता, विद्यालय स्तरिय छात्र÷छात्रा प्रतियोगिता, वार्षिक रुपमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने, ट्रेनिङ सेन्टरलाई व्यवस्थित बनाउने, खेलाडी अक्षय कोषको स्थापना गर्ने, राष्ट्रिय रेफ्रि कोर्षको संचालन रहेका छन ।

अध्यक्ष पराजुलीका अनुसार खेलाडीलाई प्रोत्साहन दिन वािर्षक रुपमा एक–एक जना महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ । त्यसरिनै  संघले वार्षिक रुपमा एक जना पत्रकारलाई समेत सम्मान गर्ने निर्णय गरेको छ । कास्की जिल्लामा भलिबलका खेलाडी उत्पादन गर्न एक विद्यालय एक भलिबल खेलाडी कार्यक्रमलाई व्यबस्थित रुपमा अगाडी बढाइने अध्यक्ष पराजुलीले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.